काठमाडौ उपत्यकामा थप ३ हजार ८९३ संक्रमित थप
SamacharDesk – बिकाश | २०७८ बैशाख २१, मंगलबार

काठमाडौंमा दिनहुँ कोभिड १९ का नयाँ संक्रमित उच्च संख्यामा थपिने क्रम जारी छ । आज पनि सबैभन्दा बढि संक्रमित काठमाडौंमै भेटिएका छन् ।
आज थप हुने ७ हजार ६६० जना नयाँ संक्रमितमध्ये ३ हजार ८९३ जना काठमाडौं उपत्यकाबाट रहेका छन् ।
काठमाडौंमा २ हजार ७७९ जना नयाँ संक्रमित थप भएका छन् भने ललितपुरमा ६०१ र भक्तपुरमा ५१३ जना नयाँ संक्रमित भेटिएका छन् ।
काठमाडौं उपत्यकामा रहेका सक्रिय संक्रमितमध्ये एक हजार २१७ जना विभिन्न संस्थागत आइसोलेसनमा उपचाररत छन् । तीमध्ये १९४ जनाको आइसीयूमा र ७७ जनाको भेन्टिलेटरमा उपचार हुँदैछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको तथ्याङ्क अनुसार ३ सय बढि संक्रमण पुष्टि हुने जिल्ला एउटा रहेको छ भने चारवाट जिल्लामा २ सय बढि नयाँ संक्रमित भेटिएका छन् । त्यस्तै एक सय बढिमा संक्रमण पुष्टि भएको जिल्ला ८ वटा रहेका छन् ।
त्यसैगरी २० वटा जिल्लामा ५ सय बढि सक्रिय संक्रमित छन् भने २ सय बढि सक्रिय संक्रमित रहेको जिल्लाको संख्या १४ रहेको छ ।
