arin enterprises

नयाँ संक्रमण र मृतकको संख्यासमेत बढ्दै

SamacharDesk – बिकाश | २०७८ बैशाख २२, बुधबार

नेपालमा कोभिड १९ बाट संक्रमित हुने नयाँ संक्रमितको साथै मृतकको संख्यासमेत दिनहुँ बढ्दो छ । नयाँ संक्रमण र मृतकको संख्याले आज फेरी नयाँ रेकर्ड बनाएको छ ।

पछिल्लो २४ घन्टामा २१ हजार ३७२ जनाको नमूना परिक्षण गरिएकोमा ८ हजार ६५९ जना नयाँ संक्रमित थपिएका छन् । २० हजार ७५६ वटा स्वाब नमूनाको परिक्षणमा ८ हजार ६०५ र ६१६ एन्टिजेन परिक्षणमा ५४ जनामा संक्रमण पुष्टि भएको हो ।

परिक्षण संख्याको ४० दशमलव ५१ प्रतिशतमा संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कोभिड १९ बाट संक्रमित हुनेको कुल संख्या ३ लाख ५९ हजार ६१० पुगेको छ ।

हाल ६६ हजार ३५२ जना सक्रिय संक्रमित उपचाररत छन् । जसमध्ये ४ हजार ७६४ देशभरका विभिन्न संस्थागतमा उपचाररत छन् भने होम आइसोलेसनमा ६१ हजार ५८८ जना छन् ।

संस्थागत आइसोलेसनमा उपचाररतमध्ये ६० जनालाई आइसीयूमा छन् भने तीमध्ये १५६ जनालाई भेन्टिलेटरमा राखेर उपचार गरिँदैछ ।

संक्रमणका कारण मृत्य हुनेको संख्या पनि अहिलेसम्मकै उच्च रहेको छ । पछिल्लो पटक ५८ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म ३ हजार ४७५ जना संक्रमितको कोभिड संक्रमणका कारण मृत्यु भइसकेको छ ।

गत २४ घन्टाभित्र एक हजार ९९३ जना संक्रमित संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ८९ हजार ७८३ जना संक्रमितले कोरोना भाईरसलाई हराउँदै संक्रमणमुक्त भइसकेका छन् । 

Categorized in राष्ट्रिय
SKIP THIS Maharjan Complex