नयाँ संक्रमितमध्ये साढे ४५ प्रतिशत उपत्यकाबाट
SamacharDesk – बिकाश | २०७८ बैशाख २४, शुक्रबार

पछिल्लो पटक थपिने कोभिड १९ का नयाँ संक्रमितमध्ये ४५ दशमलव ५० प्रतिशत काठमाडौं उपत्यकाबाट रहेका छन् ।
काठमाडौं उपत्यकामा ४ हजार १०६ जना नयाँ संक्रमित थपिएका छन् । काठमाडौंमा ३ हजार ८९, ललितपुरमा ६४३ र ३७४ जना नयाँ संक्रमित भेटिएका हुन् ।
हालसम्म काठमाडौं उपत्यकामा एक लाख ७६ हजार ९७ जनालाई कोभिड १९ को संक्रमण भइसकेको छ ।
हाल उपत्यकामा ३४ हजार ६२१ जना सक्रिय संक्रमित उपचाररत छन् ।
होम आइसोलेसनमा ३३ हजार १०२ जना होम आइसोलेसनमा छन् भने संस्थागत आइसोलेसनमा एक हजार ५१९ जना उपचाररत छन् । १९४ जना आइसीयूमा छन् भने तीमध्ये ८८ जना भेन्टिलेटरमा उपचाररत छन् ।
हालसम्म उपत्यकाका संक्रमितमध्ये एक लाख ४० हजार २६२ जना निको भइसके । पछिल्लो पटक उपत्यकामा एक हजार ९२७ जना संक्रमित निको भएका छन् ।
त्यस्तै पछिल्लो पटक उपत्यकामा १० जना संक्रमितको मृत्यु भएको छ । काठमाडौंमा ६, ललितपुरमा २ जना र भक्तपुरमा २ जना संक्रमितको मृत्यु भएको हो । हालसम्म उपत्यकामा एक हजार २१४ जनाको कोभिड संक्रमणका कारण मृत्यु भएको छ ।
