arin enterprises

परिक्षणको करीब ५० प्रतिशतमा संक्रमण पुष्टि

SamacharDesk – समाचारडेस्क रिपाेर्टर | २०७८ माघ ५, बुधबार

नेपालमा पछिल्लो २४ घण्टामा गरिएको स्वाब नमूनाको परीक्षणमा संक्रमण पुष्टि हुनेहरु ५० प्रतिशतको नजिक रहेको छ ।

जम्मा २३ हजार ४०९ जनाको स्वाब नमूनाको परिक्षण गरिएकोमा ४८ दशमलव ४९ प्रतिशत अर्थात ११ हजार ३५२ जना संक्रमित भेटिएका हुन् ।

आरटी पिसिआर परिक्षणमा त ५० प्रतिशत भन्दा बढिमै संक्रमण देखिएको छ । १८ हजार ७८ जनाको स्वाब नमूनाको परिक्षणमा ९ हजार ५०२ जनामा संक्रमण देखिएको हो ।

यो सँगै नेपालमा आरटी पिसिआर र एन्टिजेन परिक्षणबाट कोरोना संक्रमण पुष्टि हुनेको कुल संख्या ९ लाख ८३ हजार ५५० पुगेको छ ।

तीमध्ये ९३ दशमलव एक प्रतिशत संक्रमित निको भइसकेका छन् । हालसम्म कोरोना संक्रमण मुक्त हुन सफल हुनेको संख्या ८ लाख १८ हजार १६० पुगेको छ । पछिल्लो समय ६१३ जना संक्रमित निको हुँदै डिस्चार्ज भएका छन् ।

यसै समयमा थप ४ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको कुल संख्या ११ हजार ६२८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट अद्यावधिक भएको पछिल्लो तथ्याङ्क अनुसार हाल देशैभरमा उपचाररत सक्रिय संक्रमितको संख्या ४७ हजार ९२९ पुगेको छ ।

Categorized in राष्ट्रिय