arin enterprises

एक हजार २०४ नयाँ संक्रमित थपिए

SamacharDesk – बिकाश | २०७७ आश्विन ३, शनिबार

नेपालमा आज एकै दिनमा कोरोनाभाईरस (कोभिड १९) का एक हजार दुई सय ४ जना नयाँ संक्रमित थप भएका छन् ।

तीमध्ये ४ सय ८ जना महिला छन् भने ७ सय ९६ जना पुरुषहरु रहेका छन् ।

योसँगै कोभिड १९ बाट संक्रमितको कुल संख्या ६२ हजार ७ सय ९७ पुगेको छ ।

पछिल्लो पटक एक हजार ४ सय ४७ जना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको कुल संख्या ४५ हजार २ सय ६७ पुगेको छ ।

आजसम्ममा पिसिआर विधिबाट ९ लाख ४ हजार ७ सय ६ जनाको परिक्षण भएको छ । पछिल्लो २४ घन्टामा १० हजार ३ सय ३३ जनाको नमूना परिक्षणहरु भएका छन् ।

देशभरमा क्वारेन्टीनमा रहनेको संख्या ७ हजार ७ सय ३५ रहेको छ ।

सक्रिय संक्रमितको संख्या १७ हजार एक सय २९ जना रहेका छन् । तीमध्ये होम आइसोलेसनमा ७ हजार ९ सय ७६ रहेको छ भने संस्थागत आइसोलेसनमा ९ हजार एक सय ५३ जना छन् ।

देशभरीमा उपचाररत संक्रमितमध्ये एक सय ७९ जना आइसीयूमा उपचाररत छन् । 

प्रदेश एकमा ७ जना, प्रदेश २ मा ४, वागमती प्रदेशमा एक सय २७, गण्डकी प्रदेशमा ६, प्रदेश ५ मा २४ र कर्णाली प्रदेशमा ११ जना कोरोना संक्रमित विरामी आइसीयूमा उपचाररत छन् ।

त्यसैगरी प्रदेश एकमा एक जना, वागमती प्रदेशमा ३३ जना र प्रदेश ५ मा एक जना समेत जम्मा ३५ जना संक्रमित भेन्टिलेटरमा उपचाररत छन् ।

पछिल्लो पटक थप ७ महिला र पुरुष ४ जना गरी ११ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अहिलेसम्ममा जम्मा ४ सय एक जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ ।

Categorized in राष्ट्रिय