नयाँ संक्रमितको संख्या सय भन्दा कम
SamacharDesk – बिकाश | २०७७ माघ २४, शनिबार

नेपालमा पछिल्लो २४ घन्टामा सयभन्दा कममा कोभिड १९ संक्रमण पुष्टि भएको छ । २ हजार ७७ सय ९४ जनाको स्वाब नमूनाको आरटी पिसिआर परिक्षण गरिएकोमा ४२ महिला र ५७ पुरुष गरी ९९ जनामा संक्रमण पुष्टि भएको हो ।
नेपालमा हालसम्म कोरोना संक्रमण हुनेको संख्या २ लाख ७१ हजार ८ सय ६ पुगेको छ ।
गएको २४ घन्टामा २ सय ४८ जना संक्रमित निको भएका छन् । योसँगै कोरोना निको हुनेको संख्या २ लाख ६७ हजार ८ सय १२ पुगेको छ ।
पछिल्लो २४ घन्टामा कोरोनाका कारण कसैको पनि मृत्यु भएन ।
हाल एक हजार ९ सय ५९ जना सक्रिय संक्रमित उपचाररत छन् । तीमध्ये ९ सय २७ जना संस्थागत आइसोलेसनमा छन् भने एक हजार ३२ जना होम आइसोलेसनमा छन् ।
भोजपुर, कालिकोट, रुकुमपश्चिम र मुगुमा सक्रिय संक्रमितको संख्या शुन्य रहेको छ भने ५ सय बढि सक्रिय संक्रमित भएको जिल्ला काठमाडौं मात्रै छ ।
Categorized in राष्ट्रिय