भारतमा कोरोना एउटा डबल म्यूटेन्ट र ७७१ नयाँ प्रकार भेटियाे
SamacharDesk – बिकाश | २०७७ चैत्र १२, बिहिबार

भारतमा ७ सय ७१ नयाँ प्रकारको कोरोना भाइरसको संक्रमण देखिएको छ । देशको १८ राज्यमा १० हजार ७८७ नमूनाको परिक्षण गरिएकोमा कुल ७ सय ७१ वटा नमूनामा भाइरसको नयाँ प्रकारकाे साथै एउटा डबल म्यूटेन्ट प्रकारसमेत देखिएको छ ।
तीमध्ये ७ सय ३६ बेलायतका, ३४ दक्षिका अफ्रिकाका र एउटा ब्राजिलको प्रकारको हो ।
नेसनल सेन्टर फर डिजिज कन्ट्रोलका निर्देशन सुजित कुमारलाई उद्धृत गर्दै बिबिसिले संक्रमणको दर बढेका राज्यहरुमा बेग्लै प्रकारको म्यूटेशन भेटिएको जनाएको छ ।
कुल नमूनाहरुको करीब १५ देखि २० प्रतिशतमा भाइरसको यो म्यूटेशन पाइएको छ ।
भाइरसको यो प्रकारले मानिसको शरीरमा प्रतिरोधी क्षमताबाट बच्दै संक्रमणलाई बढाउने बताइएको छ ।
भारतमा कोरोना संक्रमणमा फेरी वृद्धि भएकाे कुम्भ मेला नजिकिएसँगै उत्तराखण्ड उच्च अदालतले राज्य सरकारलाई कोरोना संक्रमणलाई लिएर जारी भएका निर्देशन कडाइका साथ पालना गर्न गराउन आदेश दिएको छ ।
Categorized in अन्तर्राष्ट्रिय