arin enterprises

युरो २०२४ का लागि अहिलेसम्म कुन कुन राष्ट्र छनोट भयो त ?

SamacharDesk – आकाश राजोपाध्याय | २०८० आश्विन ३०, मंगलबार

आगामी बर्ष हुने युरोकपको लागि नोट प्रतियोगिता भइरहेको छ । हाल जारी छनोट प्रतियोगिता १० समूहमा भइरहेका छन् ।

यसमा ७ समूहमा ५ टिम र ३ समूहमा ६ टिम गरी जम्मा ४८ टिमले युरो २०२४ मा छनोट हुन प्रतिस्पर्धा गरिरहेका छन् ।

सन् २०२४ को जुन १४ देखि जुलाई १४ सम्म जर्मनमा हुने युरोकप प्रतियोगितामा जम्मा २४ टिम प्रतिस्पर्धा हुनेछ ।

यसमा १० समूहका शीर्ष दुई टिमले युरो २०२४ मा सिधा स्थान पक्का गर्नेछन् । यस्तै तेस्रो हुने टिम मध्येको प्लेअफबाट तीन टिमले र आयोजकले टोलीले युरो २०२४ मा स्थान बनाउनेछन् ।

हालसम्म युरो २०२४ का लागि आयोजक जर्मनीसहित ७ टिमले स्थान पक्का गरिसकेका छन् ।

जसमा समूह एफवाट बेल्जियम, समूह बीवाट फ्रान्स , समूह जेवाट पोर्चुगल, समूह एवाट स्पेन र स्कटल्यान्ड र समूह डीवाट टर्की रहेका छन्।

Categorized in स्पाेर्ट्स