arin enterprises

क्रिकेटलाई पुनः ओलम्पिक खेलकुदको रुपमा फर्काइयो

SamacharDesk – आकाश राजोपाध्याय | २०८० आश्विन ३०, मंगलबार

क्रिकेटलाई पुनः ओलम्पिक खेलकुदको रुपमा फर्काइएको छ । सन् १९०० को ओलम्पिक पछि क्रिकेट पहिलो पटक ओलम्पिकमा फर्किएको हो ।

सन् २०२८ मा अमेरिकाको लस एन्जलसमा हुने ओलम्पिक खेलकुदमा क्रिकेटमा प्रतिस्पर्धा हुने आइसिसीले जनाएको छ ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसि) मुम्बईमा भएको १४१ औं बैठकले सोमबार औपचारिक रुपमा क्रिकेटलाई सन् २०२८ को ओलम्पिकमा समावेश गर्ने प्रस्ताव अनुमोदन गरेको हो ।

ओलम्पिकमा टी–२० फर्म्याटमा खेल हुनेछ। यसको  लागि २०२५ मा छनोट प्रक्रिया सुरु हुनेछ ।

२०२८ को ओलम्पिकमा क्रिकेटसँगै फ्लाग फुटबल, बेसबल, लुक्रस र स्क्वास नयाँ खेलको रुपमा समावेश भएका छन् ।

Categorized in स्पाेर्ट्स