इजरायलमा राष्ट्रिय आपातकालिन सरकार स्थापनाको घोषणा
SamacharDesk | २०८० आश्विन २५, बिहिबार

इजरायलमा राष्ट्रिय आपातकालिन सरकार स्थापनाको घोषणा भएको छ ।
इजरायली प्रधानमन्त्री बेंन्जामिन नेतान्याहूले पूर्व आईडीएफ स्टाफको नेतृत्वमा विपक्षी ब्लू एण्ड व्हाइट पार्टीको समन्वयमा राष्ट्रिय आपातकालिन सरकार स्थापनाको घोषणा गरेका हुन् ।
रक्षा मंत्री बेनी गैंजसहित उपस्थित प्रधानमन्त्री नेतान्याहुले हमासको आक्रमणपछि चौथौं पटक गरिएको पत्रकार सम्मेलमा हमासको आक्रमणलाई घटिया हमला भनेका छन् ।
उनले यहूदी राष्ट्र इजरायल एकजुट रहेकाले हमलाको जवाफपनि एकसाथ दिने बताए ।
नेतन्याहूले विश्वका धेरै राष्ट्र आफ्नो साथमा रहेको बताउँदै इजरायलको जीत निश्चत रहेको दावी गरे ।
Categorized in अन्तर्राष्ट्रिय
