सडकमा गुडिरहेको मोटरसाइकल अनियन्त्रित हुँदा चालकको मृत्यु
SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८० चैत्र २८, बुधबार

कैलालीमा भएको एक सडक दुर्घटनामा एक पुरुषको मृत्यु भएको छ ।
कैलालीको गोदावरी नगरपालिका–३ दमौरास्थित सडकमा मंगलबार राती भएको मोटरसाइकल दुर्घटनामा मोटरसाइकल चालक सोही नगरपालिका–३ बस्ने ३३ वर्षीय लक्ष्मण भुलको मृत्यु भएको हो ।
भुलले चलाउँदै गरेको सु.प.प्र.०१००८ प २७४५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका भुललाई उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएको थियो । सोही अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।
मोटरसाइकलमा पछाडी बसिरहेका अर्को एक जना पनि दुर्घटनामा घाइते भएका छन् । उनको मायामेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको छ ।
Categorized in समाज