arin enterprises

उत्तर भारतमा भुकम्पको झट्का

SamacharDesk – बिकाश | २०७७ फाल्गुण १, शनिबार

भारतका उत्तर भारतको विभिन्न भागहरुमा शुक्रबार राती भूकम्पको धक्का महसूस गरिएको छ । काश्मीदेखि दिल्लीसम्म उत्तर भारतको विभिन्न भागमा भुकम्पको ठुलो धक्का महसूस गरिएको बीबीसीले बताएको हो ।

पंजाबको विभिन्न् इलाकामा समेत भुकम्पको धक्का महसूस भएको बताइएको छ ।

भारतीय भूगर्भ विभागका अनुसार ताजिकिस्तान केन्द्रविन्दु भइ ६.३ म्याग्निच्यूटको भुकम्प गएको हो । अमेरिकी जियोलोजिकल सर्वे (यूएसजीएस) ले भूकम्पको तीव्रता ५.९ मापन भएको र यसको केन्द्र ताजिकिस्तानको मर्घोब नजिक रहेको जनाएको छ ।

हालसम्म भुकम्पबाट कुनै क्षतिको बारे जानकारी प्राप्त भएको छैन ।

Categorized in अन्तर्राष्ट्रिय