यूरोकप २०२४को तालिका सार्वजनीक
SamacharDesk – आकाश राजोपाध्याय | २०८० मङ्सिर १७, आइतबार

यूरो कप २०२४ को तालिका सार्वजनीक भएको छ । शनिबार समूह विभाजन सहित खेल तालिका भएको हो ।
जर्मनीमा हुने सन् २०२४ को युरोकप प्रतियोगिताको उद्घाटन खेलमा स्कटल्याण्ड र जर्मनी खेल्ने तय भएको छ ।
उद्धाटन खेल १४ जुन २०२४ शुक्रबारको दिन म्युनिखको एलियान्ज एरिनामा हुनेछ । युरो २०२० को फाइनलमा पुगेका इंग्ल्याण्डले १६ जुनमा सर्बिया विरुद्ध आफ्नो अभियान सुरु गर्नेछ ।
साविक विजेता इटाली समूह बीमा रहेको छ । उसले तीन पटकको विजेता स्पेन, क्रोएसिया र अल्बानियासँग प्रतिस्पर्धा गर्दैछ । समूह बीलाई यस प्रतियोगिताको ग्रुप अफ डेथ मानिएको छ ।
युरो २०२४ को फाइनल जुलाई १४ मा बर्लिनमा हुनेछ ।
समूह एः जर्मनी, स्कटल्याण्ड, हंगेरी, स्विट्जरल्याण्ड
समूह बी : स्पेन, क्रोएसिया, इटाली, अल्बानिया
समूह सीः स्लोभेनिया, डेनमार्क, सर्बिया, इंग्ल्याण्ड
समूह डीः प्ले अफ विजेता ए, नेदरल्याण्ड्स, अस्ट्रिया, फ्रान्स
समूह ईः बेल्जियम, स्लोभाकिया, रोमानिया, प्ले अफ विजेता बी
समूह एफः टर्की, प्ले अफ विजेता सी, पोर्चुगल, चेक रिपब्लिक
प्ले अफ विजेता ए: पोल्याण्ड, वेल्स, फिनल्याण्ड, इस्टोनिया
प्ले–अफ विजेताहरू बी : इजरायल, बोस्निया–हर्जेगोभिना, युक्रेन, आइसल्याण्ड
प्ले–अफ विजेताहरू सी : जर्जिया, ग्रीस, काजाकिस्तान, लक्जमबर्ग
