प्राचीन नेपालमण्डलको कान्तिपुर नगरमा अहिलेसम्म देखिन आएका अजिमाहरु
SamacharDesk – प्रकाशमान शिल्पकार | २०८० जेठ ४, बिहिबार

प्राचीन नेपालमण्डलको कान्तिपुर नगर भित्र अहिलेसम्म देखिन आएका पिगंमा परेका र पिगंमा नपरेका गरि जम्मा ६० तान्त्रिक देवीहरुलाई अजिमा भनी सम्बोधन गरि मानी आएको देखिएको छ ।
अलिबलि पूजा ग्रहण गर्ने विशेष तान्त्रिक अजिमा प्रधान देवीहरुमध्ये पिगं (पिठ) अजिमा ३९ छन् भन पिगं (पिठ) मा नपरेका २१ अजिमाहरु देखिएका छन् । हामीले कतिपय अजिमाको नाम र स्थान नै बिर्सिसकेका छौं ।
पिगं (पिठ) मा परेका ३९ अजिमाहरुः
१. लुँमधि अजिमा (भद्रकाली) – टुँडिखेल
२. कंग अजिमा (चामुण्डा) – कंकेश्वरी
३. म्हयपि अजिमा (ज्ञानेश्वरी–योगाम्बर) – म्हयपि
४. मयति अजिमा (पञ्चकुमारी) मैतीदेवी
५. ङ्यतमरु (ङ्यतभुलु) अजिमा (स्वेतकाली) – नरदेवी
६. वत्सला अजिमा (वत्सलेश्वरी)– पशुपति
७. लुँतिमरु अजिमा (इन्द्रायणी) – ढल्को
८. तखति अजिमा (नीलवाराही) – टंकेश्वर
उपरोक्त अष्टमातृकाहरु कान्तिपुर नगरीको सुरक्षार्थ कलिगत सम्वत ३८२७ मा राजा गुणकामदेवले खड्गाकारको घेरा बनाई स्थापना गराएको भन्ने वंशावलीमा लेखिएको छ ।
९. कुलांभुलु (कुलांमरु) अजिमा (रक्तकाली) – कुलांभुल त्यंगः
१०. भमूलु अजिमा – कुनांटोल कमलाक्षी (कःमिलाछि)
११. लुँचुभुलु अजिमा (भद्रकाली) – केलटोल
१२. वटु भद्रकाली अजिमा – वटु (यसको छुट्टै पिठ छैन, टुंडिखेल लुँमधि अजिमाको पिठ नै लिने गरिएको छ)
१३. हाकु अजिमा (कुमारी) – यतखा चोखाछेँ गल्ली (पूर्वमन्त्री भूवनमानको घर कम्पाउण्डमा)
१४. साम्हा अजिमा (चुलिं अजिमा) – थँबहि अजिमा (पासान चामुण्डा – ठमेल (समसारा बुटिक कम्पाउण्ड भित्र)
१५. फुसिंख्य अजिमा/मनमयजु अजिमा – इन्द्रायणी मनमयजु तारकेश्वर नगरपालिका
१६. फुसिंख्य अजिमा (इन्द्रायणी) – ठमेल भगवान बहालको उत्तर पूर्व सडकको अलि भित्र
१७. पोर्पा अजिमा (चामुण्डा)– पोर्पा जङ्गल, सामले, रानीवारी
१८. नकिं अजिमा (नइ अजिमा/पचली अजिमा) – पचली भैरब पीठमै
१९. ख्वना अजिमा (सिद्धिकाली) – पचलीबाट राजतिर्थ सानेपा जाने बाटो छेउ
२०. कुलः अजिमा (कुलेश्वर अजिमा) – कुलेश्वर महादेव रहेको स्थान
२१. कल्खु अजिमा (बालकुमारी– कलंकी माई) न्हेपंखा (कलंकी)
काठमाण्डौ उपत्यकाको पिगं (शक्ति) पीठहरु मध्येमा बढी देवीदेवता रहेको देखिएको पीठ । यस पीठको मन्दिर भित्र मात्रै पनि ५९ वटा अमूर्त प्राचीन मूर्तिहरु रहेका छन् ।
२२. चन्द्रलखु अजिमा – हितिपुखू नक्साल क्षेत्रको चल्खु भन्ने ठाउँ, जहाँ पछि ‘कीर्तिमन्दिर’ नामक भव्य अनि सुन्दर दरबार भत्काएर नारायणहिति राजदरबार निर्माण भएपछि राजदरबार क्षेत्रभित्र पर्न गयो ।
यो अजिमा मन्दिर स्वरुपमा विराजमान भएको नभई पोखरीको पानी भित्र वास्तविक मूर्त या अमूर्त रुप रहेको छ भन्ने भनाई रहेको छ, पोखरी अगाडिको डीलमा दुई तिन वटा ढुङ्गाहरु रहेको देखिन्छ, त्यसै ढुङ्गालाई नै पूजा तथा दर्शनढोग गर्ने गरीआएको छ ।
यस अजिमा पीठमा नियमित नियम पूजासम्मको पनि कुनै व्यवस्था छैन ।
२३. चन्द्रलखु अजिमा ? – हितिपुखूको (नारायणहिटी पोखरीको) उत्तरतर्फ रहेको नारायण मन्दिर प्राङ्गणमा रहेको कौमारी ।
केहि समुदायको कुलदेवता भनिएको यो अजिमालाई पनि एक दुईजनाले चन्द्रलखु अजिमा हो भन्ने गरेका छन् । तर यसको पुष्टि भने भएको छैन ।
२४. तुसिमरु अजिमा (स्वेतकाली) – बालुवाटार
२५. त्वरंद्यः अजिमा (तुँडाल देवी)– बालुवाटार
२६. जमः अजिमा (भद्रकाली) – जमल, राष्ट्रिय नाचघरको ढोका संगै
२७. पासिक्व अजिमा – तिनधारा पाठशालाबाट कमलपोखरी जाने बाटोमा
२८. कमलादी अजिमा (कुमारी) – कमलादी गणेश मन्दिर भित्र
२९. फिब्व अजिमा (कुमारी) – सैनिक मुख्यालयबाट माईतीघर मण्डला, फिब्वख्यः जाने पुरानो बाटोमा । हाल यो बाटो सर्वसाधारणले प्रयोग गर्न निषेधित गरिएकाले भक्तजनहरुले चाहेको बेलामा दर्शन गर्न पनि नपाउने अवस्था छ ।
३०. द्वला अजिमा (कुमारी) – राष्ट्र बैंकको ढोकाको बायाँतर्फ, माथि उचाईमा
३१. छक्कु बक्कु अजिमा (छक्कु बक्कु भगवती) – नयाँ बानेश्वर संसद भवनको बायाँ सडक भित्र
३२. घन्यवन्तरी अजिमा (धनन्तरी वाराही) – हाडीगाउँ
३३. द्वय अजिमा (दुई अजिमा÷दुईमाजु) – खुल्लामञ्चको ढोकाको दायाँ रत्नपार्क
३४. पिङ्गला अजिमा ? (बज्रेश्वरी) – तिलगङ्गा पशुपति
३५. पिगं अजिमा – इनबहाल, यो उपत्यकाको दोस्रो धेरै देवीदेवताहरुको मूर्ति रहेको पिगं याने पीठ हो । पस पिठमा एकै ठाउँमा गुचुमुच्च अवस्थामा लगभग ३२–३३ मूर्तिहरु देखिन्छन् ।
३६. पिगं अजिमा – (इन्द्रायणी) – किलाघः रहेको स्थान, किलाघः
३७. पिगं अजिमा (नवदुर्गा) – गंगाहिति चाबहिल
३८. पिगं अजिमा – मागः (मालीगाउँ)
३९. पिगं अजिमा – सुन्धारा
पिगं (पीठ) मा नपरेका २० अजिमाहरुः
१. असंभुलु अजिमा ( अन्नपूर्ण) – असन
२. ज्वाला अजिमा ( ज्वालामाई) – त्यौड
३. न्हायकंतारा अजिमा (उग्रतारा) – न्हैकन्तला
४. अरिंचा अजिमा – चिकंमूगल हाल टेलिफोनको बक्स रहेको डबलीको पश्चिम कुनामा, हाल यहाँ अजिमाको कुनै अस्तित्व देखिँदैन ।
५. बाबरी अजिमा (खुसिं अजिमा) – वन्देस्थित पचिमह्रः जात्रामा जात्रा गरीने नायखिं बाजामा सिद्ध भईरहेका गणेश,
रुद्रविणायणको देवगृहसंगै रहेको सानो टहरामा रहने गरेको पचिमह्रः जात्राको समयमा वन्देबाट टेकु झर्ने ओरालोमा राखेर पूजा गर्ने परम्परा रहेको भन्ने सुनिन्छ । तर हालको स्थितिको जानकारी भने छैन ।
६. हारती अजिमा – स्वयम्भू
७. जातिका अजिमा – ठमेल भगवान बहालको उत्तपूर्व सडक भन्दा पश्चिम भित्र
८. हारती अजिमा – श्रीघः
९. बिज्यासः अजिमा (बिज्येश्वरी)
१०. – चुलिं अजिमा (चुनी अजिमा) चुनदेवी – बिजेश्वरी मन्दिर पछाडि उत्तरतर्फ अलि तल
११. श्री महामाया अजिमा – कर्णदिप स्वभा भगवती
१२. चुलिं माजु अजिमा – ताहाचल क्याम्पससँगै छाउनी जाने बाटोमा
१३. आजु अजिमा ( गन्धुरीदेवी) – खुसिबहि, ताहाचल टंकेश्वरी
१४. स्वकिं अजिमा – तखति अजिमा पीठसँगै टंकेश्वर
१५. प्याथ्व अजिमा (सितलामाई) – बाईसधारा उद्यान, बालाजु
१६. प्राचीन अजिमा (छसकामुनी– हारती माता) बौद्ध स्तुपसँगै उत्तरतर्फ
१७. म्वःपताः अजिमा (ममता अजिमा) भाटभटेनी, हाडीगाउँ
१८. योगाम्बर अजिमा (म्हयपि अजिमा) – कुटुबहाः पिङ्गला बिहार चाबहिल
१९. मछिन्द्र अजिमा ताहाचल ? टोलको नाम नै मच्छिन्द्र अजिमा राखिएको देखिन्छ तर त्यहाँ कुनै अजिमा छ भन्ने अस्तित्व मात्र हैन, कसैलाई जानकारी समेत छैन । तर, त्यहाँ लोकेश्वर मच्छिन्द्रनाथको प्राचीन जस्तो देखिने प्रस्तर मूर्ति भने छ ।
कालीमाटी १३ वडा कार्यालय अगाडिको बाटो भएर उत्तरतर्फको सानो गोरेटो गल्ली हुँदै ताहाचल टंकेश्वर कुमारी गल्ली निस्कने बाटोको सानो गोरेटो गल्लीलाई मच्छिन्द्र अजिमा गल्ली भनिँदो रहेछ ।
२०. स्वाहा अजिमा (स्वाहा/स्वभा भगवती) ?
२१. छ्वास अजिमा – हरेक टोलको आ–आफ्नै इलाका, छ्वास अजिमा (सामाजिक संस्कार र व्यक्तिगत घट्नाका लेखाजोखा राख्ने काम छ्वास अजिमा र कलःगाः देवताले स्थानीय अधिकारीका रुपमा गर्छन् भन्ने मान्यता छ ।
परम्परागत नेवाः बस्तीको हरेक टोलमा आ–आफ्नै इलाका थान गणेश, छ्वास अजिमा, कलगाः, क्षेत्रपाल भैरब तथा पिगं रहेको हुन्छ ।
काठमाण्डौ महानगर सिमाना भित्रका अजिमा संज्ञामा नपरेका प्रमुख देवीहरु
– १. संकटमोचन भगवती थँबहि (ठमेलमार्ग),
२. पलाँचोक भगवती – भौकेब मरुढोका,
३. पलाँचोक भगवती – लगन ग्वःफल
४. पलाँचोक भगवती – चिकंमू,
५. बज्रयोगिनी – चिकंमू
६. नवदुर्गा मचली – मतुली टेकु
७. दक्षिणकाली – त्रिदेवी ठमेल
८. कामारकामक्ष त्रिदेवी ठमेल
९. ज्वालामाइ त्रिदेवी ठमेल
१०. महालक्ष्मी – जनसेवा जुद्धसडक
११. गुह्येश्वरी – जनसेवा जुद्धसडक
१२. पुरानो गुह्येश्वरी – फुलवारी गोलढुङ्गा
१३. गुह्येश्वरी – श्लेष्मान्तक वनको पाशुपत क्षेत्र देवपतन पशुपति
१४. साकुना माजु (नीलसरस्वती) नक्शाल
१५. नक्शाल भगवती नक्शाल
१६. थँहिति स्वभा भगवती – थँहिति
१७. कुंसाः (कुन्साँ) भगवती – जैसिदेगल ह्यूमत
१८. स्वभा (स्वाहा) भगवती बिष्णुमती
१९. नीलबाराही – हनुमानढोका
२०. संकटा देवी (स्त्री पूरुष रुपमा रहने) टेबहाल,
२१. जयबागेश्वरी (ग्वल),
२२. भुवनेश्वरी देवपतन (ग्वल) पशुपति
२३. राजराजेश्वरी भष्मेश्वरीघाट देवपतन (ग्वल) पशुपति
२४. मनमानेश्वरी भपानी टङ्गाल हारेगाउँ
२५. सम्रातेश्वरौ भवानौ भष्मेश्वरीघाट देवपतन पशुपति
२६. तारणी भवानी मखन
२७. दिगु तलेजु हनुमानढोका
२८. कँडेलचोक भगवती हनुमानढोका
२९. मसानकाली हनुमानढोका
३०. तलेजु भवानी हनुमानढोका
३१. बागदरवार तलेजु भवानी बागदरवार
३२. कालीकादेवी कालिकाथान डिल्लीबजार
३३. त्रिपुरासुन्दरी भष्मेश्वरीघाट देवत्तन (ग्वल) पशुपति
३४. गंगामाता आर्यघाट (ग्वल) देवपतन पशुपति
३५. देवपतन आमलकोट तलेजु (ग्वल) जयबागेश्वरी देवपतन
३६. मनकामना देवी श्लेषमान्तक गोरक्षपीठ देवपतन (ग्वल) पशुपति
३७. सेतो मच्छिन्द्रनाथ (जनबहाद्यः) को आमा (माजु सिमा) लगन
३८. धुम्बाराही ...,
३९. बसुन्धरा माँ (बसुपु माजु) (बसुन्धरादेवी) स्वयम्भू,
४०. असन बालकुमारी असन,
४१ उग्रचण्डी (तमकःद्यः) कैलासचौर (धोविचौर) लाजिपम्पाट, नारायणहिति दवार उत्तर ढोका
४२. शिवपार्वती (तारकेश्वर महादेव) मन्दिर भित्रका नवदुर्गा योगीनीहरु
(१. श्री मंगलादेवी, २. पिंगलादेवी, ३. धान्यदेवी, ४. भ्रामिणी देवी, ५. उल्कादेवी, ६. सिद्धादेवी, ७. संकटादेवी ९ विकटादेवी समेत नवदुर्गा योगिणीहरु हुन् । तर देगलको मूलदेवता भने तारकेश्वर महादेव हुन्)
४३ मोहनकाली (दक्षिणकाली) मोहनकाली चोक, हनुमानढोका दवार भित्र
४४ त्रिपुरासुन्दरी हनुमानढोका दरवार भित्र ?
४५. द्वयमाजु – हनुमान ढोका दरवार भित्र
४६. क्वंचा माजु पकनाजल गणेश
४७. स्वभा भगवती थँहिटी–क्वाःबहाः, ठमेलमार्ग
४८. क्वचा माजु पकनाजल,
४९. जिवित देवी श्री कुमारी माजु कुमारीघर बसन्तपुर आदि प्रमुख देवीहरु समेत रहेको देखिन्छ ।
Categorized in बिचार