arin enterprises

कलाकार संघको शुभकामना आदानप्रदान सम्पन्न

SamacharDesk – बिजयरत्न | २०७८ कार्तिक ३, बुधबार

नेपाल चलचित्र कलाकार संघले नेपालीहरूको महान चाड बडा दशैं, तिहार, छठ र नेपाल संबत ११४२ नयाँ वर्षको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको छ ।

एकआपसमा आत्मीयताको साथै आफन्तको अनुभुती गराउने र कलाकारहरु बीच एक अर्काप्रति सदभाव एवं भाईचारा बढाउन कार्यक्रमको आयोजना गरेको संघका अध्यक्ष रबिन्द्र खडकाले बताएका छन् ।

कार्यक्रममा संघकी बरिष्ठ उपाध्यक्ष रेजिना उप्रेती, कोषाध्यक्ष सुनिल कटवाल संघ र संघले गर्दै कार्यक्रमको बारेमा जानकारी राखेका थिए । ।

संघका सल्लाहकार कृष्ण मल्ल, विशिष्ट चलचित्रकर्मी पुरन जोशी, चलचित्र संघका उपमहासचिव गोपाल काजी कायस्थ, आदिबासी जनजाती चलचित्र महासंघका अध्यक्ष अमृत सुनवार, नेपाल चलचित्र संघका अध्यक्ष मदुसुदन प्रधान, द्वन्द कलाकार संघका अध्यक्ष नारायण प्रधान, पहिलो मातृभाषी चलचित्र सिलुका नायक जय श्रेष्ठ, चलचित्र विकाश बोर्डका पुर्व अध्यक्ष राजकुमार राईलगायतले कार्यक्रममा शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमका वक्ताहरुले यस प्रकारको आयोजनाले आपसी सम्बन्ध सुदृढ हुनकासाथै बर्तमान अबस्थामा चलचित्र क्षेत्र चलायमान बनाउन मद्दत पुग्नेमा जोड दिए ।

संघका जेष्ठ सदस्य पदम प्रसाद पौडेलले कार्यक्रममा उपस्थित चलचित्रकर्मीहरूलाई दुर्गा भवानीको प्रसाद दिएका थिए ।

प्रसादसँगै चलचित्र जांच समितिका सदस्य तथा संघका कार्यसमिति सदस्य राजेश महर्जनले प्रति व्यक्ति ३३ रूपैयाँ दक्षिणा पनि दिनुभएको थियो । प्राय चलचित्रकर्मीहरूले आफुले पाएको दक्षिणामा रकम थप गरी संघलाई सहयोग स्वरूप हस्तान्तरण गरेका थिए ।

Categorized in पेजथ्री