arin enterprises

चलचित्रकर्मिहरुले खोप लगाउँदा सकारात्मक सन्देश प्रवाह भएको ठहर

SamacharDesk – बिजयरत्न | २०७८ श्रावण २६, मंगलबार

चलचित्र विकास बोर्डको समन्वयमा चलचित्रकर्मीहरुले कोरोना भाईरस विरुद्धको खोप पाएका छन् ।

बोर्डको समन्वय र नेपाल चलचित्र कलाकार संघ (FAAN) को आयोजनामा एक हजार ५२६ जना चलचित्रकर्मीहरुले खोप लगाएका हुन् ।

ललितपुरमा सम्पन्न खोप कार्यक्रममा ललितपुर महानगरपालिकाकी उपमेयर गीता सत्याल, ललितपुरका प्रमुख जिल्ला अधिकारी डुण्डी निरौला, चलचित्र बिकास बोर्डका अध्यक्ष दयाराम दाहाल लगायतको उपस्थिती रहेको थियो ।

खोप लगाउनका लागि चलचित्र क्षेत्रका चर्चित अभिनेता, अभिनेत्री, निर्देशक, छायाँकार, नृत्य कलाकार एवम् निर्देशक, द्वन्द कलाकार एवम् निर्देशक, चलचित्रका निर्माता, बितरक, गायक, गायिका, संगितकार आदि खोप केन्द्र अशोक हल बालिफल पुगेका थिए ।

संघले यस खोप अभियानबाट समाजमा खोपको आबश्यकता सम्वन्धि सकारात्मक सूचना सम्प्रेशण भएको बिश्वास लिएको बताइएको छ ।

नेपाल चलचित्र निर्माता संघ, चलचित्र निर्देशक समाज, चलचित्र प्रबिधिक संघ, चलचित्र द्वन्द कलाकार संघ, चलचित्र नृत्य संघ, सांगितिक संघ, आदिवासी जनजाती चलचित्र महासंघ, नृत्य निर्देशक संघ नेपाललगायत चलचित्रका पेशागत बर्गीय संघसंस्थाको सहयोगमा खोप कार्यक्रमको आयोजना गरिएको थियो ।

Categorized in पेजथ्री