दि ओरिएण्टल इंन्स्योरेन्सबाट जाजरकोट भूकम्प पिडितलाई आर्थिक सहयोग
SamacharDesk – नीलः भाजु | २०८० फाल्गुण २८, सोमबार

दि ओरिएण्टल इंन्स्योरेन्स कम्पनी लिमिटेडले जाजरकोट भूकम्प पिडितको लागि रु. १० लाख सहयोग प्रदान गरेको छ । कम्पनीले जाजरकोट भूकम्प पिडितको सहयोगको लागि प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा रु.१० लाख जम्मा गरेको हो ।
कम्पनीको सामाजिक उत्तरदायित्व अन्र्तगत २० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेकोमा जाजरकोट भूकम्प पिडितका लागि रु.१० लाख सहयोग उपलब्ध गराएको हो ।
अर्को दश लाख भने स्कुले बिधाार्थीका लागि समता शैक्षिक गुठीलाई उपलब्ध गराइएको छ ।
कम्पनीको केन्द्रिय कार्यालय नयाँ दिल्लीबाट आएका कम्पनीका अध्यक्ष तथा प्रवन्ध निर्देशक आर.आर.सिंह, महाप्रवन्धक रेखा मोहन्ती ठाकुर, कम्पनीका नेपालस्थित कार्यालयका प्रमूख कार्यकारी अधिकृत टी. चक्रवर्तीले उक्त रकम बराबरका चेकह हस्तान्तरण गरे ।
फाल्गुन २२ देखि फाल्गुन २४ सम्म नेपाल कार्यालयको भ्रमणमा रहेका कम्पनीका अध्यक्ष तथा प्रवन्ध निर्देशक लगायत उच्च पदस्थ पदाधिकारीहरुको भ्रमणको मुख्य उद्धेश्य नेपालमा बीमा व्यवसायको विकास, विस्तार तथा सामाजिक उत्तरदायित्वमा योगदान प्रदान गर्ने रहेको बताइएको छ ।
भ्रमणका क्रममा अध्यक्ष तथा प्रवन्ध निर्देशक श्री आर. आर. सिंहबाट यस कम्पनीद्वारा बजारमा ल्याइएको यूवा लक्षित नयाँ बिमालेख ‘Oriental Youth Eco Care Policy’ को बिक्रीको शुभारम्भ पनि गरेका थिए ।
दि ओरिएण्टल इंन्स्योरेन्स कम्पनी लिमिटेड, नयाँ दिल्लीको शाखा कार्यालयको रुपमा नेपालमा बि.स. २०२४ मा स्थापना भएको थियो ।
Categorized in बिजनेस