माल्दिभ्सका पूर्वराष्ट्रपति बिस्फोटमा परी घाइते
SamacharDesk – आकाश राजोपाध्याय | २०७८ बैशाख २४, शुक्रबार

माल्दिभ्समा भएको बम बिस्फोटमा माल्दिभ्सका हालको संसदका सभामुख तथा पूर्वराष्ट्रपति मोहमद नसिद घाइते भएका छन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार बिहीबार साँझ भएको विष्फोटमा परी ५३ वर्षीय मोहम्मद नसिदलाई शरीरका धेरै भागमा चोट लागेको जनाएको छ । तर स्वास्थ्य अवस्था भने स्थीर रहेको बताइएको छ । हाल उनको एडिके अस्पतालमा उपचार भइरहेको छ ।
घटनामा नाशिदका एक अंगरक्षक र एक विदेशी नागरिकसमेत घाइते भएका छन् ।
स्थानीय समय अनुसार राति साढे ८ बजे नसिद आफ्नै घरको बाहिर गाडी चढ्न लागेको अवस्थामा बिस्फोट भएको थियो । उनको घरबाहिर पार्क गरेर राखिएको मोटरसाइकलमा विस्फोटक पदार्थहरू बाँधेर राखिएको र त्यसलाई विस्फोट गराइएको हुनसक्ने बीबीसीले जनाएको छ ।
अहिले उनका समर्थकहरू अस्पतालबाहिर भेला भइरहेका छन् । त्यहाँको अवस्था तनावपूर्ण रहेको र स्थितिलाई नियन्त्रणमा राख्न दङ्गा प्रहरी परिचालन गरिएको बताइएको छ ।
माल्दिभ्सका हालका राष्ट्रपति इबु सोलिहले ट्विटरमा ट्वीट गर्दै प्रहरीले उक्त घटनाका सम्बन्धमा छानबिन थालेको जानकारी दिएका छन् ।
नसिद सन् २००८ मा माल्दिभ्सको राष्ट्रपति बनेका थिए । उनी प्रजातान्त्रिक प्रक्रियाबाट निर्वाचित हुने माल्दिभ्सका पहिलो राष्ट्रपति हुन् । सन् २०१२ मा उनलाई कूमार्फत् हटाइएको थियो । सन् २०१९ को चुनावमा उनको पार्टीले अत्याधिक बहुमत ल्याएपछि उनी सभामुख बनेका थिए ।
Categorized in अन्तर्राष्ट्रियSpeaker of Parliament President Mohamed Nasheed is currently receiving treatment at ADK Hospital in Malé for injuries sustained following an explosion outside his residence tonight. We are treating this matter with utmost seriousness and the investigation is currently underway.
— Ibrahim Mohamed Solih (@ibusolih) May 6, 2021
