फ्रान्स युरोकप २०२४ मा छनोट
SamacharDesk – आकाश राजोपाध्याय | २०८० आश्विन २७, शनिबार

फ्रान्स युरोकप २०२४ मा छनोट भएको छ । समूह बीको खेलमा शुक्रबार नेदरल्याण्ड्सलाई २–१ ले हराउँदै फ्रान्स युरोकपमा छनोट भएको हो ।
फ्रान्सलाई जिताउने क्रम दुवै गोल केलियन एमबाप्पेले गरे । फ्रान्सले सातौं मिनेटमा केलियन एमबाप्पेको गोलबाट लिएको थियो ।
एमबाप्पेले ५३ औं मिनेटमा गोल गर्दै फ्रान्सको अग्रतालाई दोब्बर बनाएका थिए । खेल सकिन ७ मिनेटअघि हार्टमेनले गोल गर्दै नेदरल्याण्ड्सलाई खेलमा फर्काउने कोशिश गरेपनि सफल हुन भने सकेनन् ।
समूह बीमा फ्रान्सले ६ वटै खेलमा जित निकाल्दै फ्रान्स युरोकपमा छनोट भएको हो ।
नेदरल्याण्ड्स समूह बीको तेस्रो स्थानमा छ । दोस्रो स्थानको ग्रिकभन्दा ३ अंकले पछि छ ।
यस्तै ग्रिकले रिपब्लिक अफ आयरल्याण्डलाई २–० ले हराउँदै युरोकपमा छनोट हुने सम्भावनालाई समाप्त पारिदिएको छ ।
Categorized in स्पाेर्ट्स