arin enterprises

इन्धनको मूल्य घट्यो

SamacharDesk | २०८१ श्रावण १६, बुधबार

नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ ।

निगमले बुधबार मध्यरातीदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ र डिजेल र मट्टितेलको प्रतिलिटर २ रुपैयाँ घटाइएको छ ।

हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत राखेको छ ।

घटेको मूल्य अनुसार पेट्रोल प्रतिलिटरको १७० रुपैयाँ पर्नेछ । डिजेल र मट्टितेलको मूल्य प्रति लिटर १५५ रुपैयाँ ५० पैसा पर्नेछ । उक्त मूल्य काठमाडौं, पोखरा र दिपालय क्षेत्रमा लागू हुनेछ ।

झापा, विराटनगर जनकपुर, नेपालजञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा १६७ रुपैयाँ ५० पैसा तथा सुर्खेत र दाङ क्षेत्रमा १६९ रुपैयाँ पर्नेछ ।

डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर दोस्रो वर्गमा १५७ रुपैयाँ र तेस्रो वर्गमा १५८ रुपैयाँ पर्नेछ ।

Categorized in राष्ट्रिय