arin enterprises

गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले दिए राजीनामा

SamacharDesk | २०८० चैत्र २१, बुधबार

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिनुभएको छ ।

आफू अल्पमतमा परेपछि पाण्डेले बुधबार सवा ११ बजे प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष राजीनामा दिनुभएको हो ।

फागुन २३ मा माओवादीले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री पाण्डेले यही २२ गतेभित्र संसद्मा विश्वासको मत लिनुपर्ने थियो । तर पाण्डेले विश्वास प्राप्त गर्ने स्थिति नदेखेपछि राजीनामा दिएर मार्ग प्रशस्त गर्ने र ठूलो दलको हैसियतमा फेरि मुख्यमन्त्री हुने रणनीति अपनाउनुभएका् छ ।

यसअघि पाण्डेले विश्वासको मत लिने र राजीनामा दिने विषयमा मुख्यमन्त्री पाण्डेले मङ्गलबार नेपाली कांग्रेसका सांसदहरुसँग छलफल गर्नुभएको थियो ।

६० सदस्यीय प्रदेशसभामा कांग्रेसका २७ सांसद छन् । बहुमत पुर्यााउन ३१ सांसद आवश्यक हुन्छ । गण्डकीमा सत्ता गठबन्धनका एमालेको २२ र माओवादी केन्द्रको सभामुखसमेत आठ सिट छ ।

यहाँ सरकार गठनका लागि राप्रपा निर्णायक छ । राजीनामा बुझाएपछि पाण्डेले आफूले सुशासन र विकासका लागि काम गरेको र प्रक्रिया अनुसार फेरि सरकार गठनको पहल गर्ने उल्लेख गर्नुभयो ।

संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्री बन्नुभएका पाण्डेले राजीनामा दिएपछि नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखबाट आह्वान हुन बाँकी छ ।

Categorized in राष्ट्रिय