arin enterprises

गेट्स दम्पत्ती बिल गेट्स र मेलिन्डाबीच सम्वन्ध विच्छेद हुने

SamacharDesk – आकाश राजोपाध्याय | २०७८ बैशाख २१, मंगलबार

 विश्वका धनाढ्य व्यक्ति बिल गेट्स र उनकी पत्नी मेलिन्डा गेट्सबीच सम्बन्ध विच्छेद हुने भएको छ ।

गेट्स दम्पत्तीले ट्वीटरमा ट्वीट गर्दै विवाहको २७ वर्षपछि आफुहरुले पारपाचुके गर्न लागेको घोषणा गरेका हुन् ।

पछिल्ला २७ वर्षमा आफुहरुले तीन बच्चाहरु हुर्काएको गेट्स दम्पत्तीले उल्लेख गरेका छन् ।

विश्वभरका मानिसको स्वास्थ र राम्रो जीवनका लागि काम गर्नका लागि दुवै मिलेर एउटा परोपकारी फाउन्डेशन बनाएको स्मरण गर्दै यस मिसनमा दुवैको अहिले पनि एकै सोच भएको र मिलेर काम गर्ने बताएका छन् ।

‘यद्यपी, हामीलाई आगामी समय पती–पत्नीका रुपमा बिताउन सक्छौँ जस्तो लागेको छैन । त्यसैले आफ्नो जीवनको नयाँ सुरुवात गर्न जाँदैछौं’ गेट्स दम्पत्तीले ट्विटरमा लेखेका छन् ।

माइक्रोसफ्टका संस्थापक ६५ वर्षीय बिल गेट्स विश्वकै धनी व्यक्तिमध्ये एक हुन् । उनी हाल विश्वकै धनी व्यक्तिको सुचीको चौथौँ स्थानमा छन् ।

बिल गेट्स र मेलिन्डाको पहिलो भेट १९८७ मा भएको थियो भने दुवैले १९९४ मा विवाह गरेका थिए ।

Categorized in अन्तर्राष्ट्रिय