arin enterprises

राष्ट्रिय सभाको उपाध्यक्षमा विमला घिमिरे निर्वाचित

SamacharDesk – Ram Dangol | २०८० चैत्र २८, बुधबार

राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा एमालेकी विमला घिमिरे निर्वाचित भएकी छन् ।

उपाध्यक्ष पदकालागि नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनी र एमालेकी विमला घिमिरेबीच मतदान भएको थियो । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनीलाई हराउँदै उनी राष्ट्रिय सभा उपाध्यक्षमा निर्वाचित भएकी हुन् ।

बैठकमा उपस्थित ५५ जना सदस्यहरुमध्ये घिमिरेको पक्षमा ३९ मत परेको थियो । राष्ट्रिय सभामा कुल ५९ जना सांसद हुनुहुन्छ । पुडासैनीको पक्षमा १६ र विपक्षमा ३९ मत परेको थियो ।

नवनिर्वाचित उपाध्यक्ष घिमिरको राष्ट्रियसभा सदस्यको कार्यकाल दुई वर्ष मात्र बाँकी रहेको छ । निर्वतमान उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएपछि उक्त पदको लागि आज निर्वाचन हुन लागेको हो ।

Categorized in राष्ट्रिय