arin enterprises

गोल्डेन ब्वाय २०२३ को अवार्ड बेलिंघमलाई

SamacharDesk – आकाश राजोपाध्याय | २०८० मङ्सिर १९, मंगलबार

जुड बेलिंघमले सन् २०२३ को गोल्डेन ब्वाय अवार्ड प्राप्त गरेका छन् । रियल म्याड्रिडका बेलिंघमले विश्वको सर्वोत्कृष्ट युवा खेलाडीको रुपमा सो अवार्ड हात पारेका हुन् ।

उनले वाइन रोनी, लियोनल मेस्सी, पाउल पोग्बा, केलियन एमबाप्पे र एर्लिङ हालाण्डलाई पछ्याउँदै यो अवार्ड प्राप्त गरेका हुन् ।

बेलिंघमले यस सिजन रियलका लागि १७ खेलमा १५ गोल गर्दै क्रिस्टियानो रोनाल्डोको कीर्तिमानलाई तोडेका छन् ।

अवार्डपछि उनले भने ‘ यस सूचिमा पर्नु सबैभन्दा ठुला सम्मान हो । जसले यो यात्रामा मलाई यहाँसम्म पुग्न सहयोग गरेका म उनीहरु सबैप्रति आभारी छु । संसारको सर्वश्रेष्ठ खेलाडी बन्नका लागि आफ्नो टिमलाई जिताउन मद्दत गर्नुपर्छ र म मेरो टिम र मेरो देशलाई संसारको सर्वश्रेष्ठ टिम बनाउन चाहन्छु । ’

‘आफ्नो जिवनमा अहिलेसम्म फुटबलले मलाई जे दिएको छ म त्यसका लागि आभारी छु । मलाई खेल्दै गर्न र यसको आनन्द लिनका लागि मेरो परिवारको ठुलो समर्थन प्राप्त छ ।’ बेलिंघमले थपे ।

यो अवार्ड प्राप्त गर्दै इङ्ल्याण्डका २० वर्षीय अन्तराष्ट्रिय मिडफिल्डरले आफुलाई उत्कृष्ट युवा फुटबलरको रुपमा प्रमाणित गरिसकेका छन् ।

&

Categorized in स्पाेर्ट्स