arin enterprises

हरिसिद्धि भवानी नाचका मूद्यः बेखाबहादुरको निधन

SamacharDesk – बिराज | २०८० फाल्गुण ४, शुक्रबार

हरिसिद्वि भवानीका देवगण साथै जल प्याखं (हरसिद्वि भवानी नांच) का त्रिदेव मध्येका एक मूलदेव बेखाबहादुर महर्जन ‘मूद्यः’को निधन भएको छ ।

हरसिद्वि मूल गुठीका न्वकू समेत रहेका बेखाबहादुरको बिहिबार आफ्नै निवास हरसिद्धिमा निधन भएको हो ।

रोग वा खासै केही स्वास्थ्य समस्या नभएको उनको बिहिबार अकस्मात मृत्यु भएको हरसिद्धीका स्थानीय संचारकर्मी बि.के. जल्मीले जानकारी दिए ।

संचारकर्मी जल्मीका अनुसार गएको पौष पुर्णिमा (माघ ११ गते) भएको मूल गुठीको भोजमा उहाँ सहभागी हुनुभएको थियो ।

उनको हिजै हरसिद्धिमै अन्तिम संस्कार सम्पन्न भएको छ । उनलाई उनका जेष्ठ पुत्र शान्त गोविन्द महर्जनले दागबत्ती दिए ।

उनको नेवार परम्परा अनुसार गरिने तेश्रो जंक्व देवरथारोहण नजिकिँदै थियो । तर अकस्मात उनको निधन भईदिँदा तेश्रो जंक्व भने हुन सकेन ।

उनको श्रीमतिको ७२ सालको भुकम्पमा परेर निधन भएको थियो । उनको परीवारमा दुई छोरा शान्त गोविन्द र सुरोज महर्जन छन् ।

Categorized in संस्कृति