हजार्डद्वारा व्यवसायीक फुटबलबाट सन्यास घोषणा
SamacharDesk – आकाश राजोपाध्याय | २०८० आश्विन २३, मंगलबार

इडेन हजार्डले व्यवसायीक फुटबलबाट सन्यास लिएका छन् । स्पेनिस क्ल्ब रियल म्याड्रिडका स्टार खेलाडीले व्यवसायीक फुटबलबाट सन्यासको घोषणा गरेका हुन् ।
३२ वर्षको उमेरमै बेल्जियमको अन्तराष्ट्रिय स्टारले व्यवसायीक फुटबलबाट सन्यास लिएका हुन् ।
उनले यस सिजनको अन्त्यसँगै खेल जिवनबाट सन्यास लिने बताएका छन् ।
गत डिसेम्बरमै अन्तराष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका उनको खेल जिवनलाई चोटले बारम्बार समस्यामा पार्दै आएको थियो ।
चोटबाट फर्कन संघर्ष गर्दै गर्दा हजार्डले अन्तत खेल जिवनलाई पूर्ण विराम लगाउने घोषणा गरेका हन् ।
उनी सन् २०१९ मा ८९ मिलियन पाउण्डमा चेल्सीबाट रियल मड्रिड गएका थिए ।
उनले स्पेनिस क्लबका लागि मात्र ५४ खेल खेले ।
Categorized in स्पाेर्ट्स