arin enterprises

फेसन कोरियोग्राफर रोजिनलाई हेरिटेज इन्टरनेशनल अवार्ड

SamacharDesk – बिराज | २०८० मङ्सिर १८, सोमबार

चर्चित फेसन कोरियोग्राफर रोजिन शाक्य हेरिटेज इन्टरनेशनल अवार्ड २०२३ बाट सम्मानित भएका छन् ।

बैंककमा भएको एक कार्यक्रमका बीच फेसन कोरीयोग्राफर शाक्यलाई कोरीयोग्राफर अफ डी इयर अवार्डबाट सम्मान गरिएको हो ।

कार्यक्रममा विशेष अतिथिका रुपमा उपस्थित थाईल्याण्डका लागि द रिपब्लिक अफ केन्याका राजदूत लिन्डशेय किप्टिनेस र बैंककस्थित मंगोलियन पिपुल्स रिपब्लिकको राजदूतावासका प्रतिनिधिले रोजिनलाई उक्त अवार्ड प्रदान गरे ।

फेसन कोरीयोग्राफी क्षेत्रमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा गरेकोसमर्पण, योगदान, अटल प्रतिबद्धता र उल्लेखनीय उपलब्धिको प्रमाणका रूपमा नेपालका फेसन कोरियोग्राफर शाक्य सम्मानित भएका हुन् ।

गत २५ नोभेम्बर २०२३ मा, ईएससी पार्क होटल, बैंककमा विभिन्न पृष्ठभूमिबाट आएका विश्व पेशेवरहरूको विशिष्ट भेलाको बीचमा समारोहको आयोजना गरिएको थियो । कार्यक्रम इप्लानेट सिंगापुर पीटीईले आयोजना गरेको थियो ।

फेसन, सौन्दर्य प्रतियोगिता तथा संचार क्षेत्रमा २५ वर्षको निरन्तरता कायम राखेका फेसन कोरियोग्राफर तथा सचारकर्मी रोजिन यस अघि पनि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भइसकेका छन् ।

जसमध्ये मलेशियामा सम्पन्न इन्टरनेसनल प्रिस्टिज ब्राण्ड अवार्ड २०१८ मा बेष्ट आन्टरप्रिनर इन् मल्टि टास्क पर्सनालिटी, काठमाडौंमा सम्पन्न नेसनल युथ लिड अवार्डस् २०१९ मा मिष्टर भर्सटाइल अफ इयर अवार्डस्, मलेशियामा सम्पन्न इन्टरनेसनल एक्सिलेन्स अवार्ड २०१९ मा आउटस्ट्याण्डिङ् इन्टरनेसनल कोरियोग्राफर एक्सिलेन्स अवार्ड पर्दछ ।

योसँगै काठमडौंमा सम्पन्न मोडल सङ्स अवार्ड २०२०मा वेष्ट फेसन कोरियोग्राफर, फेसन फेयर अवार्ड २०२० मा वेष्ट इन्टरनेसनल नेप्लीज् फेसन कोरियोग्राफर, नेपाल फेसन एण्ड इन्टरटेन्मेन्ट अवार्ड २०२२ मा आइकोनिक फेसन कोरियोग्राफर, दुबईमा सम्पन्न एशियन प्रोफेसनल अचिभमेन्ट अवार्ड २०२२ मा आइकोनिक फेसन कोरियोग्राफर जस्ता अवार्ड र पुरस्कारबाट पनि रोजिन पुरस्कृत भइसकेका छन् ।

Categorized in पेजथ्री