ftin
arin enterprises

हेरिटेज प्याजेन्टस् सम्पन्न, भेनेजुएला र जापानलाई मुख्य उपाधि

SamacharDesk – बिराज | २०८० मङ्सिर १६, शनिबार

अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता हेरिटेज् प्याजेन्टस् थाइल्यान्डमा सम्पन्न भएको छ ।

थाइल्याण्डको राजधानी शहर बैंककस्थित ईएससी पार्क होटलको अडिटोरियममा सम्पन्न प्रतियोगितामा मिसेस् तर्फ भेनेजुएलाकी उवान्डर क्यासानोभाले विजेताको ताज पहिरिन सफल भइन् ।

मुख्य उपाधि सहित उनले मिसेस् पर्सनालिटीको अवार्ड पनि जित्न सफल भइन् । मिसतर्फ जापानकी एरिका हाराले विजेताको ताज पहिरिन सफल भएकी छिन् । उनले प्रतियोगितामा मिस ट्यालेन्ट र मिस मल्टिमिडियाको अवार्ड पनि आफ्नो पक्षमा पार्न सफल भइन् ।

प्रतियोगितामा मिसेस्तर्फ स्वीडेनकी म्याडेलिन वालग्रेन भिकेरी फस्ट रनर्स अप, न्युजिल्याण्डकी एली स्मीथ लाइन्स सेकेन्ड रनर्स अप, मंगोलियाकी ड्यासबाल्जिड मंखजुल थर्ड रनर्स अप तथा केन्याकी सिन्थिया किमाथि फोर्थ रनर्स अपका रुपमा चयन भएकी थिइन् ।

यसैगरी मिसतर्फ नाइजेरियाकी टे«सी सोलोमोन फस्ट रनर्स अप, मेक्सिकोकी भ्यानेली उलेट सेकेन्ड रनर्स अप, केन्याकी प्रुडेन्स टेन्डवा थर्ड रनर्स अप तथा रसियाकी बेला टोट्रोभा फोर्थ रनर्समा पर्न सफल भइन् ।

नेपालका सन्तोष सापकोटा अध्यक्ष रहेको ईप्लानेट सिंगापुर पिटिई लिमिटेडबाट आयोजित प्रतियोगिताको संयोजनमा सुसान कोह थिइन् ।

प्रतियोगिताको कोरियोग्राफरका रुपमा नेपालका फेसन कोरियोग्राफर रोजिन शाक्य र मलेशियाका स्टेज कोरियोग्राफर वेस्ली श थिए । कार्यक्रमको संचालन पनि रोजिनले नै गरेका थिए । प्रतियोगिताको अफिसियल फोटोग्राफरका रुपमा बेन्जी योङ थिए ।

प्रतियोगितामा मिस, मिसेस्का अतिरिक्त हेरिटेज प्लस, हेरिटेज पटिट, हेरिटेज जेम्स गरी विभिन्न विधाहरुको पनि यसै वर्षदेखि शुरुवात गरिएको थियो ।

सो प्रतियोगितात्मक कार्यक्रममा आर्टिस्टिक निर्देशक विमल सुवेदी, मिसेस् मलेसिया युनिभर्स २०१४ की विजेता एस्थर चिन, मिसेस् हेरिटेज इन्टरनेसनल २०२२ की विजेता फोन्टिप सुवर्णयु, वल्र्ड ब्युटी प्याजेन्ट अर्गनाइजेसनका संस्थापक अध्यक्ष सानी अबि नादिर तथा मिस हेरिटेज इन्टरनेसनल २०२२ की विजेता एना किरिलिनाले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

कार्यक्रममा थाईल्याण्डका चर्चित नृत्य कलाकारहरुले प्रस्तुति दिएका थिए ।

Categorized in पेजथ्री