ईलाका प्रहरी कार्यालय बगनाह भुरिगाउँको नवनिर्मित भवनहरू उद्घाटन
SamacharDesk – बिराज | २०८० माघ १०, बुधबार

बर्दियाको बगनाह भुरिगाउँमा प्रहरी कार्यालय परिसरमा नवनिर्मित भवनहरुको उद्घाटन गरिएको छ ।
मंगलबार प्रहरी नायव महानिरीक्षक कुबेर कडायतले ईलाका प्रहरी कार्यालय बगनाह भुरिगाउँ बर्दिया परिसरमा नवनिर्मित भवनहरुको उद्घाटन गरेका हुन् ।
परिसरमा प्रहरी कार्यालय, ब्यारेक, हिरासत कक्ष र भान्साघर लगायतको भवन निर्माण गरएको हो । उद्घाटन पछि प्रहरी नायव महानिरिक्षक कडायतले भवनहरुको निरीक्षण समेत गरेका थिए ।
भवन उद्घाटन कार्यक्रममा बोल्दै प्रहरी नायव महानिरीक्षक कडायतले नवनिर्मित संरचनाहरूले प्रहरीलाई थप हौसला, उर्जा र मनोवल प्रदान गर्ने श्वास व्यक्त गरे ।
‘स्रोत साधन र संरचनाहरूको अभावमा समेत कुनै सम्झौता नगरी नेपाल प्रहरीले आफ्ना जिम्मेवारी पूरा गर्दै आएको छ । नवनिर्मित संरचनाहरूले थप हौसला, उर्जा र मनोवलका साथ स्तरीय सेवा प्रवाह गर्न मद्दत पुग्ने विश्वास छ’ कडायतले भने ।
कडायतले बर्दिया जिल्लास्थित प्रहरी कार्यालयका कार्यालय प्रमुख, प्रहरी अधिकृत एवम् जवानहरूलाई शान्ति सुरक्षा तथा अपराध अनुसन्धानमा आफ्नो व्यवसायिकता प्रदर्शन गर्न, प्रमाणमुखी अनुसन्धान गर्न, प्रहरीको आचरण र व्यवहारमा सुधार ल्याउन निर्देशन समेत दिए ।
लुम्बिनी प्रदेश सरकारको नियमित बजेटबाट कुल ३ करोड ७८ लाख ४१ हजार ७९ रूपैयाँ लागतमा उक्त भवनहरू निर्माण कार्य सम्पन्न भएको हो ।
सोही कार्यक्रममा जिल्ला भरी उत्कृष्ट कार्य गर्ने २० जना प्रहरी कर्मचारीहरूलाई नगद पुरस्कार समेत प्रदान गरिएको थियो ।
Categorized in राष्ट्रिय