विभिन्न घटनामा २ बालकसहित ३ जनाको मृत्यु
SamacharDesk – बिकाश | २०७७ भाद्र १०, बुधबार

महोत्तरीमा एउटा पोखरीमा खेल्ने क्रममा एक १४ महिनाको बालकको मृत्यु भएको छ ।
महोत्तरीको भंगाहा नगरपालिका ६ र बर्दिबास नगरपालिका १२ को सिमा जमुनियास्थित सार्वजनिक पोखरीमा खेल्ने क्रममा डुबेर बालकको मृत्यु भएको हो ।
घटनामा बर्दिबास नगरपालिका १२ बस्ने रंजित मल्लिकको १४ महिनाको छोरा बिवेक मल्लिकको बुधबार मृत्यु भएको हो ।
त्यस्तै, पर्सा जिल्ला वीरगंज महानगरपालिका ३० लालपर्सा बस्ने श्रवण साहकी ७ वर्षीया छोरी साबनी कुमारीको खेतमा जमेको पानीमा डुबेर बुधबार मृत्यु भएको छ ।
खेल्ने क्रममा घर नजिकैको खेतमा पानी जमेको खाल्डोमा डुबेर अशक्त भएकी उनलाई उपचारका लागि बयोधा अस्पताल वीरगंजतर्फ लैजाँदै गर्दा मृत्यु भएको हो ।
त्यसैगरी बारा जिल्लाको घर बनाउने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
सिम्रौनगढ नगरपालिका ८ कचोर्वा टोल बस्ने रामईश्वर साह कलवारको घर बनाउने क्रममा रौतहट बौधीमाई नगरपालिका ९ सरमुजवा बस्ने ३२ वर्षीय रुपनारायण दासको बुधबार मृत्यु भएको हो ।
करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि कंकाली पोली किल्निक सिम्रौनगढतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
Categorized in समाज