पाकिस्तानलाई हराउँदै भारत शीर्ष स्थानमा
SamacharDesk – आकाश राजोपाध्याय | २०८० आश्विन २७, शनिबार

आईसीसी विश्वकप क्रिकेटमा आयोजक भारत शीर्ष स्थानमा उक्लिएको छ । शनिबार भएको खेलमा भारतले पाकिस्तानलाई ७ विकेटले हराउँदै शीर्ष स्थानमा उक्लिएको हो ।
अहमदाबादमा भएको यस खेलमा पाकिस्तानले दिएको १ सय ९२ रनको सामान्य लक्ष्य पछ्याएको भारतले ३० दशमलव ३ ओभरमा मात्र ३ विकेटको क्षतीमा पुरा गर्यो ।
भारतका लागि कप्तान रोहित शर्माले ८६ रनको शानदार अर्धशतकीय पारि खेले । उनले ६३ बलमा ६ चौका र ६ छक्का प्रहार गरेको थियो ।
श्रेयस एयरले अविजित ५३ रन बनाउँदा सुभमन गिल र विराट कोहलीले समान १६ रन बनाए । केएल राहुल १९ रनमा अविजित रहे ।
पाकिस्तानका साहिन साह अफ्रिदीले २ तथा हसन अलीले १ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तान ४२ दशमलव ५ बलमा १ सय ९१ रनमा अलआउट भयो ।
पाकिस्तानको लागि बाबर आजमले ५० रन बनाउँदा मोहमद रिजवानले ४९ रन बनाएका थिए । ओपनर इमाम उल हकले ३६ रन बनाउँदा अर्का ओपनर अब्दुल्लाह सफिकले २० रन बनाएका थिए ।
अर्का खेलाडी हसन अलीले १२ रन जोडे । अन्य कुनैपनि खेलाडीले दोहोरो अंकको स्कोर छुन सकेनन् ।
भारतका जसप्रीत बुम्राहा, मोहमद सिराज, हार्दिक पाण्डेया, कुलदीप यादव र रबिन्द्र जडेजाले समान दुई दुई विकेट लिएका थिए ।
योसँगै भारतले तीन खेलमा लगातार जित निकाल्दै १.८२१ रन रेट सहित ६ अंक जोडेर तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
यस्तै पाकिस्तान तेस्रो खेलमा आएर भारतसँग हारेको हो । उसले –०.१३७ रन रेट सहित चार अंक जोड्डै तालिकाको चौथो स्थानमा छ ।
Categorized in स्पाेर्ट्स