arin enterprises

आईसीसी विश्वकपमा भारतको अपराजित यात्रा कायमै

SamacharDesk – आकाश राजोपाध्याय | २०८० कार्तिक ३, शुक्रबार

आईसीसी विश्वकप क्रिकेटमा भारतले आफ्ने अपराजित यात्रा कायमै राखेको छ । बिहिबार बंगलादेशलाई ७ विकेटले हराउँदै आफ्ने अपराजित यात्रा कायमै राखेको हो ।

पुनेमा भएको खेलमा बंगलादेशले प्रस्तुत गरेको २ सय ५७ रनको लक्ष्य पछ्याउने क्रममा भारतले भारतले ४१ दशमलव ३ ओभरमा मात्र ३ विकेटको क्षतीमा लक्ष्य पुरा गर्यो ।

भारतको जितमा विराट कोहलीले शतकीय पारी खेले । उनले ६ चौका र ४ छक्काको मद्दतले अविजित १ सय ३ रन बनाए ।

सुभमन गिलले ५३ र कप्तान रोहित शर्माले ४८ रन बनाए । केएल राहुल ३४ रनमा नटआउट रहे भने श्रेयस एयरले १९ रनको योगदान गरे । 

बंगलादेशका मेहदी हसन मेराजले २ तथा हसन महमुदले १ विकेट हात पारे ।

यसअघि टस जितेर सुरुवाती ब्याटिङ गरेको बंगलादेशले ८ विकेटको क्षतीमा २ सय ५६ रन बनाएको थियो । बंगलादेशको लागि लिटोन दासले ६६ रन बनाउँदा तान्जिद हसनले ५१ रन बनाए ।

महमुदुल्लाहले ४६ र मुश्फिकुर रहिमले ३८ रनको योगदान गरे । अन्यको प्रर्दशन भने उल्लेख्य रहेन ।

भारतका रबिन्द जडेजा, जसप्रीत बुम्राहा र मोहमद सिराजले समान २ तथा सार्दुल ठाकुर र कुलदिप यादवले समान एक विकेट हात पारे ।

भारत चार खेलमै अपराजित  रहँदै ८ अंक जोेडेर तालिकाको दोस्रो स्थानमा छ । पराजित बंगलादेश प्रतियोगितामा एउटा जित दर्ता गर्दै सातौं स्थानमा छ ।

शीर्ष स्थानको न्युजिल्याण्डको समेत समान ८ अंक छ ।

Categorized in स्पाेर्ट्स