arin enterprises

क्रिकेट विश्वकपमा आज भारत र अफ्गानिस्तान भिड्डै

SamacharDesk – आकाश राजोपाध्याय | २०८० आश्विन २४, बुधबार

आईसीसी एकदिवसीय क्रिकेट विश्वकपमा आयोजक भारतले बुधबार अफ्गानिस्तानसँग खेल्दैछ ।

भारत विरुद्ध अफ्गानिस्तानको खेल दिल्लीस्थित अरुण जटेली स्टेडियममा नेपाली समय अनुसार दिउँसो सवाँ २ बजे सुरु हुनेछ ।

भारतीय भुमिमा भारतसँगै अफगानिस्तानले पहिलो पटक एकदिवसीय म्याच खेल्न लागेको हो ।

भारत र अफगानिस्तान वान डे क्रिकेटमा अहिलेसम्म तीन पटक आमने सामने भएका छन् । जसमा भारतले दुई खेलमा जित दर्ता गरेको थियो भने अर्को एक खेल बराबरीमा सकिएको थियो ।

धर्मशालामा भएको पहिलो खेलमा बंगलादेशसँग पराजित अफगानिस्तानले भने आज पहिलो जितका लागि कोशिश गर्नेछ ।

यसअघि रोहित शर्मा नेतृत्वमा रहेको भारतले अष्ट्रेलियामाथि ६ विकेटको शानदार जित सहित प्रतियोगितामा सुखद सुरुआत गरीसकेको छ ।

यस्तै आजको खेलमा भारत लगातार दोस्रो जितको खोजीमा हुनेछ ।

आज हुने खेलको स्टेडियमको बाउन्ड्री छोटो भएको कारण आज धेरै रनको आँकडा बन्ने अपेक्षा गरिएको छ । 

Categorized in स्पाेर्ट्स