भारतीय विमान भैरहवामा
SamacharDesk | २०७९ बैशाख २८, बुधबार

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणको सुरक्षा ब्यवस्था मिलाउन भन्दै भारतीय वायु सेवाको विमान आज भैरहवा विमानस्थलमा आएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुद्ध जयन्तीमा जेठ २ गते लुम्बिनी आउने भएपछि सुरक्षा व्यवस्था मिलाउन भारतीय सैनिक अधिकारीहरु लिएर विशेष विमान गौतमबुद्ध विमानस्थलमा ओर्लिएको हो ।
३० जनाको सुरक्षा टोलीले जेठ २ गते लुम्बिनीमा आयोजना हुने बुद्धजयन्ती विशेष समारोह स्थलको सुरक्षा ब्यवस्थाको अवलोकन तथा अध्ययन गर्ने र जेठ ३ गतेसम्म लुम्बिनीमै बस्ने बुझिएको छ । सैनिक विमान भने सुरक्षा टोलीलाई अवतरण गराएर भारत फर्किएको छ ।
लुम्बिनी विकास कोषका योजना प्रमुख सरोज भटराईले भारतीय प्रधानमन्त्री मोदी आउने भएपछि तयारीका लागि अति विशिष्ट पाहुनाहरुले प्रयोग गर्ने सवारी साधन र बन्दोबस्तीका सामग्री लिएर चार दिन पहिले नै सैनिक अधिकारीहरुको टोली लुम्बिनी आइपुगेको जानकारी दिनुभयो ।
Categorized in राष्ट्रिय