arin enterprises

उद्योगी, समाजसेवी महर्जनको अन्त्येष्टि सम्पन्न

SamacharDesk – बिराज | २०७८ कार्तिक २, मंगलबार

उद्योगी एवम् समाजसेवी रमेश महर्जनको अन्त्येष्टि आज पशुपति आर्यघाटमा सम्पन्न भएको छ ।

स्वर्गीय महर्जनलाई उनका सुपुत्र रिकेन महर्जनले दागबत्ती दिए ।

यस अघि महर्जनको पार्थिव शरिरमा नेपालको राष्ट्रिय झन्डाको साथमा विवेकशील साझा पार्टीको झन्डा ओढाइएको थियो ।

उद्योग व्यवसायको साथमा, भाषा, साहित्य क्षेत्रमा पनि निकै सक्रिय रहेका संचार उद्यमी स्वर्गीय महर्जनको अन्तिम यात्रामा राजनैतिक नेताहरु, भाषिक कार्यकर्ता, साहित्यकारको साथमा संचारकर्मीहरुको समेत बाक्लो उपस्थिती रहेको थियो ।

महर्जनको सोमबार दिउँसो एक बजे ललितपुरको मेडासिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । गत साता कोरोना परिक्षणको रिपोर्ट पोजेटिभ आएपछि उनी उपचारको लागि अस्पताल भर्ना भएका थिए ।

५६ वर्षीय स्वर्गीय महर्जन नेपालमण्डल टेलिभिजनको संचालक समितिको साथमा नेपाल सुनचाँदी तथा रत्न आभूषण महासंघका समेत अध्यक्ष थिए । आर.बि. डायमण्डका संस्थापकको साथमा उनी न्हूदँ राष्ट्रिय समारोह

समिति ११४१ का पनि अध्यक्ष थिए । विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य महर्जनलाई आउँदो स्थानीय निर्वाचनका लागि ललितपुर महानगर प्रमुखको उम्मेदवारको रुपमा हेरिएको थियो ।

ललितपुर पिलाछेँ टोलका बासिन्दा महर्जनको परिवारमा श्रीमतिको साथमा एक छोरा र दुई छोरीहरु छन् ।

Categorized in समाज