arin enterprises

इजरायली सेनाद्वारा अलजजिराको कार्यालयमा हवाई आक्रमण

SamacharDesk – आकाश राजोपाध्याय | २०७८ जेठ १, शनिबार

 गाजास्थित अन्तर्राष्ट्रीय संचार क्षेत्रमा प्रतिष्ठित अलजजिराको कार्यालय रहेको भवन इजरायली हवाई आक्रमणमा ध्वस्त भएको छ ।

इजरायली सेनाले हमास समूहलाई लक्षित गरेर गरिएको भनेको आक्रमणमा संचार गृह रहेको घरहरुमा समेत आक्रमण भएको छ ।

इजरायलले आज अलजजजिरा रहेको भवनमा आक्रमण गर्न एक घण्टा अघि नै सूचना दिँदै त्यहाँ भएकालाई बाहिरिन चेतावनी दिएको थियो ।

उक्त भवनमा धेरैजनाको आवासका साथै एसोसिएटेड प्रेस (एपी) को कार्यालयसमेत रहेको थियो ।

केहि दिनदेखि इजरायलले हमास समूहलाई लक्षित गर्दै गाजामा ‘हवाई आक्रमण’ गर्दै आइरहेको छ ।

आक्रमणमा गाजाका धेरै भवनहरु भत्किएका छन् । आक्रमणकै कारण १४० भन्दा बढीको मृत्यु हुनुका साथै सयौं घाइते भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

Categorized in अन्तर्राष्ट्रिय