arin enterprises

जसपाले महन्थ ठाकुरलाई स्पष्टिकरण सोध्यो

SamacharDesk – बिराज | २०७८ जेठ १२, बुधबार

जनता समाजवादी पार्टी (जसपा) ले पार्टी अध्यक्ष महन्थ ठाकुर लगायतका नेतालाई स्पष्टिकरण सोधेको छ ।

पार्टीले अध्यक्ष ठाकुरका साथै वरिष्ठ नेता राजेन्द्र महतो, केन्द्रीय कार्यकारिणी सदस्यद्वय सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई स्पष्टिकरण सोधेको हो ।

केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले पत्र काट्दै स्पष्टिकरण सोधेका हुन् ।

यद्यपि चारै जनाले नेताले पत्र लिन अस्वीकार गर्दै पत्र भने बुझेर लिएका छैनन् ।

पार्टी अध्यक्ष ठाकुरका नाममा लेखिएको पत्रमा विभिन्न ९ वटा विषयमा स्पष्ट पार्नको लागि भनिएको छ भने अन्य ३ नेतालाई ५ वटा विषयमाथि स्पष्ट पार्न भनिएको छ ।

पत्रमार्फत नेताहरुलाई प्रधानमन्त्री ओलीको संसद विघटन गर्ने निर्णयमा साथ दिएको, पार्टीको छुट्टै कार्यालय संचालन गरेको संसदीय दलको विधान नबनेको अवस्थामा संसदीय दलको नेता घोषणा गरेको लगायतका विषयमा स्पष्ट पार्न भनिएको छ ।

गत जेठ गते काठमाडौंमा बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको वैठकले चार नेतालाई स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो भने आज चार जना नेताको नाममा पत्र काटेर स्पष्टिकरण सोधिएको हो ।

बहुमत सदस्यको उपस्थिती रहेको केन्द्रीय कार्यकारिणी समितिको वैठकबाट उहाँहरुलाई स्पष्टिकरण सोध्ने निर्णय भएको जसपाका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले बताउनुभयो । वैठकमा केन्द्रीय कार्यकारिणी समितिका ५१ सदस्यमध्ये ३१ जनाको उपस्थिती रहेको उहाँको भनाई छ ।

वर्तमान राजनीतिक परिवेशमा जसपा दुई कित्तामा बाँडिएको छ । अध्यक्ष उपेन्द्र यादव पक्ष प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ नदिने पक्षमा रहेको छ भने अर्का अध्यक्ष महन्थ ठाकुर पक्षले भने प्रधानमन्त्री ओलीको विरोधमा जान नसकिने बताइरहेका छन् ।

यस्ताे अवस्थामा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीबीच एकता भई बनेको जसपा फेरी टुक्रिने चर्चा भइरहेको छ । यादव पक्षले आफुहरुसँग बहुमत सदस्य भएको दावी गर्दै आएका छन् ।

यो पनि पढ्नुहोला : जसपाले महन्थ ठाकुरलगायतलाई स्पष्टिकरण सोध्ने 

Categorized in राजनीति
SKIP THIS buddhan jayanti 2082