arin enterprises

विश्वासको मतदानका लागि जसपाले ह्वीप नलगाउने

SamacharDesk – बिराज | २०७८ बैशाख २६, आइतबार

प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि सोमबार संसदमा विश्वासको मत लिँदैछन् । यसै सन्दर्भमा प्रधानमन्त्री ओली आफ्नो पक्षमा मत पु¥याउने कसरतमा लागिरहेका छन् भने विपक्षी दल लगायत सत्तारुढ दल नेकपा एमालेकै माधव–झलनाथ समूह ओलीलाई फेल गराउने प्रयासमा जुटिरहेका छन् ।

माधव–झलनाथ समूह सामूहिक राजीनामा नै दिनेसम्मका कुरा गरिरहेका छन् । त्यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले ओलीलाई विश्वासको मत नदिने प्रष्ट गरीसकेको छ । जनता समाजवादी पार्टी (जसपा) ले भने मतदानको विषयमा सांसदहरुलाई नै स्वतन्त्र छोड्ने बताएको छ ।

यस अघि प्रधानमन्त्रीलाई विश्वासको मत नदिने बताएको जसपाले अब भने विश्वासको मतको मतदानमा ह्वीप जारी नगर्ने र सांसदहरुलाई स्वतन्त्र छोड्ने बताएको हो ।

जसपा नेता बाबुराम भट्टराईको निवासमा बसेको शिर्ष नेताको वैठकले विश्वासको पक्षमा वा विपक्षमा मतदान गर्न सांसदहरुलाई स्वतन्त्र छोड्ने निर्णय गरेको जसपाका शिर्ष नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

‘पार्टीले कसैलाई ह्वीप जारी गर्दैन, विश्वासको पक्षमा मतदान गर्ने वा विपक्षमा भन्ने कुरा सांसदहरुले आफ्नो स्वविवेकले गर्नेछन्’ समाचारडेस्कसँग कुरा गर्दै श्रेष्ठले बताए । प्र

धानमन्त्री ओलीलाई विश्वासको मत पाउन १३५ मतको आवश्यकता पर्छ । नेकपा एमालेसँग १२१ सांसद छन् भने जसपासँग ३२ सांसद छन् । एमालेमा माधव–झलनाथ समूहले राजीनामा दिएमा जसपाले विश्वासको पक्षमा मतदान गरेतापनि ओलीको विश्वासको मत पुग्ने सम्भावना रहने छैन । 

Categorized in राजनीति