arin enterprises

एमाले कामपा १६ वडा कमिटीको अध्यक्षमा जयप्रकाश

SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८० चैत्र २७, मंगलबार

नेकपा एमाले काठमाडौं महानगरपालिका १६ वडा कमिटीको अध्यक्षमा जय प्रकाश श्रेष्ठ निर्वाचित भएका छन् ।

कमिटीको राजधानीमा सम्पन्न ११औं अधिवेशनले श्रेष्ठको अध्यक्षतामा ४४ सदस्यीय कमिटी सर्वसम्मत चयन गरेको हो ।

अध्यक्ष पदमा चयन भएलगत्तै श्रेष्ठले आफ्नो जिम्मेवारीमा दत्तचित्त भएर लाग्ने बताए । अधिवेशनबाट उपाध्यक्षमा सुनिल के.सी., सचिवमा रणेन्द्र महत, उप–सचिवमा समीर भण्डारी र लुना श्रेष्ठ चयन भएका छन् ।

यस अघि अधिवेशनको उद्घाटन सत्रमा नेकपा एमाले स्थायी कमिटी सदस्य रघुजी पन्तले संगठनलाई बलियो बनाउन सबै एक ढिक्का भएर अघि बढ्न निर्देशन दिएका थिए ।

कमिटीका साविक अध्यक्ष पुष्प महर्जनले व्यक्ति भन्दा संस्थालाई प्राथमिकतामा राख्दै संगठन अघि बढाउन सुझाव दिए ।

कार्यक्रममा पार्टीका पोलिटब्यूरो सदस्यद्वय आनन्द पोखरेल र रामेश्वर फुयाँलको पनि उपस्थिती रहेको थियो ।

Categorized in राजनीति