मूख्यमन्त्री केजरीवाल जेल चलान
SamacharDesk | २०८० चैत्र २०, मंगलबार

भारतको राजधानी नयाँदिल्लीका मूख्यमन्त्री अरविन्द केजरीवाललाई अनुसन्धानका लागि तिहाड जेल चलान गरेको छ ।
मदिरा कारोबारको लाइसेन्स दिन क्रममा घोटाला गरेको आरोपमा उनमाथि इडिले उनलाई २१ मार्गमा गिरफ्तार गरेको थियो ।
उनले न्यायायिक जाँचमा असहयोग गरेको भन्दै हिरासतमा राखेर अनुसन्धान गर्न उनलाई १५ दिनको लागि थुनामा पठाउन आर्थिक अपराध हेर्ने दिल्ली राउज एभेन्यु अदालतले पैmसला गरेको छ ।
उनलाई तिहाड जेलको २४सै घण्टा सीसीटीभी निगरानी हुने गरी दुई नम्बर ब्लकमा एक्लै राखिने भएको छ ।
यस अघि सो ब्लकमा केजरीवालकै पार्टीका सांसद संजय सिंहलाई राखिएको थियो । तिहाड जेल जहाँ भारतका खुँखार एक सेक एक गुण्डा तथा अपराधी राख्ने जेलको रुपमा चिनिन्छ ।
अब त्यही जेलका २ नम्बर सेलमा केजरीवाललाई राखिएको छ । उनी तिहाड जेलको २४सै घण्टा सीसीटीभी निगरानी हुने जनाइएको छ ।
Categorized in अन्तर्राष्ट्रिय