arin enterprises

झापाको किच्चकबधमा भेटियो दरबारको भग्नावशेष

SamacharDesk | २०८० चैत्र २०, मंगलबार

झापाको भद्रपुर नगरपालिका–३ स्थित किच्चकबधमा एउटा पूर्ण दरबारको ऐतिहासिक भग्नावशेष फेला परेको छ ।

सातौं पटकको उत्खनन पश्चात पुरातत्व विभागको टोलीलाई यो सफलता प्राप्त भएको हो । गत चैत्र २ गतेदेखि १८ गतेसम्म पुरातत्व विभागले देउनिया नदी र मेची नदीको किनारमा रहेको धार्मिक तथा ऐतिहासिक स्थल किच्चकवधमा उत्खनन गरेको थियो ।

पुरातत्वविद् उद्धव आचार्यको नेतृत्वमा पुरातत्व विभागका अधिकृत नवराज अधिकारी, इञ्जिनियर रोशनी महर्जन, प्राविधिक सहायक महेशबाबु शर्मा राजोपाध्याय र फोटोग्राफर राजन पौडेलले उत्खनन गर्नुभएको थियो ।

पहिलो पटक पुरातत्वविद् आचार्यको नेतृत्वको टोलीले वि।सं।२०५८ मा किच्चकवधमा उत्खनन सुरु गरेको थियो । पुरातत्वविद्हरुले पहिलो पटक वि.सं. २०५८ मा किच्चकवधमा उत्खनन् सुरु गरेका थिए ।

हालसम्म किच्कवधको उत्तरपूर्वमा एउटा बहुतले ठूलो भवन, सोहि भवनको दक्षिणमा अर्को भवन, उत्तर–पश्चिम छेउमा सुरक्षागार्डको भवन, पश्चिम–दक्षिणमा अर्को बहुतले भवनसहितको भग्नावशेष फेला परेको पुरातत्व विभागले जनाएको छ ।

यसअघिका उत्खननबाट फेला परेका पुरातात्विक सामग्रीको वैज्ञानिक परीक्षणबाट इशापूर्व प्रथम शताब्दीतिरको मानव सभ्यतासँग जोडिएको प्रमाणित भईसकेको विभागले जनाएको छ ।

Categorized in समाज