arin enterprises

होटल संचालकले छुरा नै हानेको प्रहरीको निष्कर्ष

SamacharDesk | २०८० चैत्र १३, मंगलबार

आइतबार ललितपुरमा होली खेल्ने क्रममा भएको झडपमा दुईजना युवकको मृत्यु भएको छ ।

उक्त घटनामा होटल सञ्चालकले नै छुरा प्रहार गरी युवकको मृत्यु भएको प्रारम्भिक निष्कर्ष प्रहरीले निकालेको छ ।

ग्याङ फाइटका क्रममा ललितपुर महानगरपालिका ढाेंलाहिटीस्थित डी पोपिना होटलमा राति करिब ११ बजे घटेको उक्त घटनाका क्रममा पाँचथर घर भई हाल खुमलटार बस्ने २९ वर्षीय पुजन राई र सुनसरीको धरान घर भई हाल ढोलाहिटी बस्ने २८ वर्षीय रोबश राईले ज्यान गुमाएका थिए ।

प्रहरीले अहिलेसम्म उक्त घटनामा संलग्न भएको आशंकामा १८ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकामध्ये घटनामा संलग्नको पहिचान भइरहेको पनि प्रहरीले जनाएको छ ।

Categorized in अपराध