arin enterprises

कोहलीले गरे सचिनको कीर्तिमानसँग बराबरी

SamacharDesk – आकाश राजोपाध्याय | २०८० कार्तिक २०, सोमबार

विराट कोहलीले एकदिवसीय क्रिकेटमा ४९ औं सचिन तेन्दुलकरको कीर्तिमानलाई बराबरी गरेका छन् ।

आइतबार एकदिवसीय विश्वकपमा साउथ अफ्रिकाविरुद्ध कोहलीले करियरको ४९ औं शतक प्रहार गर्दै तेन्दुल्करको कीर्तिमानसँग बराबर गरेका हुन् ।

सचिनले ४ सय ५२ औं इनिङ्समा ४९ शतक बनाएका थिए । कोहलीले २ सय ७७ औं इनिङ्समा सो कीर्तिमानलाई बराबरी गरेका छन् ।

विराटले आईतबार आफ्नो जन्मदिनमा सो शतक प्रहार गरेका हुन् ।

यस्तै उनले यस विश्वकपमा दोस्रो शतक प्रहार गरेका छन् ।

Categorized in स्पाेर्ट्स