arin enterprises

प्रम दाहाल र नेपालले साम्प्रदायिक हिंसा भड्काउन खोजेको ओलीको आरोप

SamacharDesk | २०८० भाद्र ७, बिहिबार

नेकपा एमाले अध्य केपी शर्मा ओलीले नेपालमा साम्प्रदायिक हिंसा भड्काउन माधव नेपाल र प्रधानमन्त्री पुष्पकमल दाहाल उद्धत रहेको आरोप लगाउनु भएको छ ।

बिहीवार नेपाल भुतपूर्व सैनिक तथा प्रहरी संगठनको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो आरोप लगाउनु भएको हो । उहाँले कोशी प्रदेशमा दाहाल र अध्यक्ष नेपालले जनजातिहरु भिडाएर साम्प्रदायिक हिंसा भड्काउन खोजेको आरोप लगाउनु भयो ।

उहाँले कोशी प्रदशमा आन्दोलन गर्नेहरुमा प्रधानमन्त्री दाहाल र अध्यक्ष नेपालका कार्यकर्ताहरु रहेको उल्लेख गर्नुभयो । उहाँले द्वन्द्व भड्काउनका लागि दाहाल र नेपालले कार्यकर्ताहरु भिडाउने काम गरेको भन्दै नेकपा एमालेले द्वन्द्व मच्चिन नदिने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले पूर्वाञ्चलमा उत्पात मच्चाउने कसका कार्यकर्ता छन् भन्दा माओवादी प्रचण्डजीका कार्यकर्ता छन्, माधवकुमार नेपालजीका कार्यकर्ता छन् ।

उहाँहरुले साम्प्रदायिकता, उफ्रेका को छन् भन्दा राई, किराँत, लिम्बू भन्ने साथीहरु उफ्रिएका छन् । उफार्ने को छ भन्दा पुष्पकमल दाहाल, माधवकुमार नेपाल ।’

अध्यक्ष ओलीले सरकारले सुन तस्करीमा आफै संलग्न रहेको प्रमाण सँगै ट्याक्सीमा भएका अभियुक्तलाई भगाएर प्रमाणित गरेको बताउनु भयो ।

उहाँले सुन पक्राउ गर्ने क्रममा सँगै ट्याक्सीमा रहेका हर्कबहादुर राईलाई बोलाएको बेला हाजिर हुनु भनेर सुन जम्मा पारिएका स्थानबाट अन्य व्यक्तिहरुलाई भगाउन लागेको बताउनु भयो ।

उहाँले सुन तस्करी प्रकरणलाई लुकाउन गिरिबन्धु टि स्टेटमा आफ्नो संलग्न हुँदै नभएको कुरालाई झिकेर जनतामा भ्रम छर्ने काम भइरहेको बताउनु भयो ।

अध्यक्ष ओलीले अहिले नै उच्चस्तरीय आयोग गठन गरेर अनुसन्धान थाल्ने कुरामा सरकार तयार हुन नसकेको बताउनु भयो ।

Categorized in राजनीति