वर्तमान सरकार चीनको सहयोग लिन डराउँछः ओली
SamacharDesk | २०८० मङ्सिर १८, सोमबार

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार अर्काे शक्तिसँग डराएको कारण चीनको सहयोग नेपालले नलिएको बताउनु भएको छ ।
चीन सरकारले कुनैपनि कुरामा नेपाललाई सहयोग गर्ने भनिरहँदा पनि अर्को शक्तिका कारण वर्तमान सरकार सहयोग लिनबाट डराउने गरेको बताउनु भएको छ ।
सोमवार झुलाघाट–चिवाभञ्ज्याङ यात्राका क्रममा ओलीले दैलेखमा आठ राजनीतिक दलहरूले बुझाएको ध्यानाकर्षपत्र बुझ्दै यस्तो बताउनुभएको हो ।
उहाँले राजनीतिक दलले अब राजनीतिक कुरा गरेर मात्र नहुने र विकासका लागि राजनीति गर्नुपर्ने बताउनु भयो । उहाँले नेताहरु राजनीतिका लागि मात्रै नभइ विकासका नेता हुनुपर्ने बताउनु भयो ।
उहाँले विकास अरु देशले आएर नगर्ने भन्दै आफ्नो देशको विकास आफैँले गर्नुपर्ने भएकाले तत्काल विकासको लागि काम थाल्न नेता÷कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो ।
अध्यक्ष ओलीले नेपालसँग निर्यात गर्ने सामग्री कुनैपनि उत्पादन हुन नसकेको बताउनु भयो । नेकपा एमालेको मध्य पहाडी लोकमार्ग केन्द्रित समृद्धिका लागि संकल्प यात्रा जारी छ ।
Categorized in राजनीति