महानगरको बैठकमा मेयर र कार्यपालिका सदस्यहरुबीच चर्काचर्की
SamacharDesk | २०८० फाल्गुण १, मंगलबार

काठमाडौं महानगरपालिकाको मंगलबार बसेको कार्यपालिका बैठकमा चर्काचर्की भएको छ ।
महानगरको २८ औं कार्यपालिका बैठकको विषयसूचीमा प्रवेश नै नगर कर्मचारी निलम्बन र न्यूरोड क्षेत्रको पार्किङ विषयमा मेयरमाथि कार्यपालिका सदस्यहरूले प्रश्न उठाएपछि विवाद देखिएको हो ।
न्यूरोड क्षेत्रको पार्किङको विषयमा मेयर बालेन शाहलाई २२ वडा अध्यक्ष चिनिकाजी महर्जनले पार्किङ हटाएको विषयमा प्रश्न गरेपछि भनाभन भएको हो ।
पार्किङ हटाउने विषयमा प्रश्न उठेपछि मेयर बालेनले नगर सभाले नै कालोपत्रे क्षेत्रमा सवारी पार्किङ गर्न नदिने निणर्य गरेकोले सोही अनुसार गरिएको बताएका थिए ।
बैठकमा सोधिएको जवाफमा प्रमुख बालेनले भने,‘ठेला राख्न जति ठाउँ चाहिन्छ, बाइक पार्किङ गर्न लाई पनि त्यति ठाउँ चाहिन्छ, भने पछि ठेला चाहि हटाउने बाइक पार्किङ गर्न दिन मिल्छ ?’ भन्नुभयो ।
कर्मचारी निलम्बनको विषयमा कार्यपालिका सदस्यहरुले कर्मचारीलाई स्पष्टीकरण सोध्ने अधिकार कसको हो रु सिधै मेयरले कारबाही गर्न मिल्छ ? भन्दै प्रश्न गरेका थिए ।
कार्यपालिका सदस्यहरुले प्रश्न गरेपछि मेयर बालेनले कानुन अनुसार हुने भन्दै महानगरका कानुन विभाग प्रमुख वसन्त आचार्यलाई सो विषयमा प्रष्ट पार्न भनेका थिए ।
Categorized in स्थानीय