विद्यालयहरुलाई नेपालीपन झल्कने नाम राख्न महानगरको निर्देशन
SamacharDesk | २०८० चैत्र २१, बुधबार

मौलिक तथा नेपालीपन झल्कने नाम राख्न महानगरले काठमाडौंका विद्यालयहरुलाई पुनः निर्देशन दिएको छ ।
यसअघि पनि पटक पटक आग्रह तथा निर्दैशन दिंदा पनि कार्यान्वन नभएकोले अब भने कडा रुपमा लाग्ने महानगरले जनाएको छ ।
महानगरको विद्यालय शिक्षा व्यवस्थापन नियमावली मै नेपालीपन झल्कने नाम राख्नुपर्ने व्यवस्था गरिएको छ ।
महानगरले एक सूचना प्रकाशित गर्दै अधिकांश संस्थागत विद्यालयहरूको नाम नियम विपरीत देखिएकोले सूचना प्रकाशित भएको मितिले सात दिनभित्र महानगरमा सम्पर्क गर्न निर्देशन दिइएको छ ।
सात दिनभित्र मौलिक नामकरणको प्रक्रिया अगाडि नबढाए विद्यार्थी भर्ना प्रक्रियामा रोक लगाउने महानगरले बुधबार जारी गरेको सूचनामा उल्लेख गरेको छ ।
विद्यालयको मौलिक नामकरणका लागि विद्यालय व्यवस्थापन समितिबाट प्रस्तावित नाम निर्णय गराएर ३५ दिनभित्र महानगरमा निवेदन दिन निर्देशन दिइएइको छ ।
अन्यथा कारबाही गरिने महानगरले चेतावनी दिएको छ ।
Categorized in स्थानीय