बाढीका कारण थुप्रिएको फोहोर सफा गर्न सुरु
SamacharDesk | २०८१ कार्तिक १०, शनिबार

ललितपुर महानगरपालिकाले नदी किनारमा जम्मा भएका फोहार सफा गर्न सुरु गरिएको छ ।
गत असोजमा परेको अविरल वर्षाका कारण आएको बाढीले नदी किनारमा जम्मा भएको फोहोर सफा गर्न सुरु गरिएको हो ।
सफाई कार्यमा ललितपुर महानगरपालिका, वडा, ज्यापु समाज ललितपुर, यल नेवा समाज, जिल्ला बहुउद्देश्यीय संघ ललितपुर, सहकारी संघ ललितपुर, नेपाल प्रहरी तथा विभिन्न संघसंस्था, सामाजिक संघसंस्था स्थानीयहरू मिलेर सरसफाई थालिएको हो ।
बाढीका कारण अन्यत्र स्थानबाट बगाएर ल्याउको फोहोर खोला छेउछाउमा थुप्रिएपछि दुर्गन्धित तथा पार्कहरु नै अशोभनिय भइरहेको थियो ।
फोहोर खोला किनारमा थुप्रदा रोग व्याधि बढ्न सक्ने र सहरका सौन्दर्यसमेत बिगारेकाले महानगरको अगुवाईमा सरसफाई थालिएको महानगरपालिकाले जनाएको छ । आज बिहानबाट बागमती नदी, नख्खु खोला, बालकुमारी क्षेत्रका नदीहरूको सफाइ गरिएको हो ।
महानगरप्रमुख चिरिबाबु महर्जनले बाढीले बगाएर ल्याएको प्लास्टिक, कपडा र कागजजन्य फोहर सङ्कलन गर्ने र नदी किनारा सफा गर्ने काम सञ्चालन गरिने जानकारी दिनुभयो ।
ललितपुर महानगरका वडा नम्बर ५, ६, १२, १६, १५, १९, २० बाहेक अन्य वडा बाढीबाट प्रभावित छन् ।
Categorized in स्थानीय