arin enterprises

लिभरपुल र सिटीको बराबरी

SamacharDesk | २०८० फाल्गुण २८, सोमबार

प्रिमियर लिगमा लिभरपुल र म्यानचेस्टर सिटीले बराबरीमा खेलेको छ । आईबार भएको खेलमा १–१ गोलको बराबरीमा खेल्दै अंक बाँडेका हुन् ।

एनफिल्डमा भएको खेलमा अग्रता सिटीले २३ औं मिनेटमा जोन स्टोन्सको गोलमा लिएको थियो । उनले डी ब्रुएनको पासलाई सदुपयोग गरेका थिए ।

त्यसपछि ५० औं मिनेटमा एलेक्सिस म्याक एलिस्टरले पेनाल्टी मार्फत गोल गर्दै लिभरपुललाई खेलमा फर्काए ।

खेलको बाँकि समय अरु गोल नहुँदा खेल बराबरीमा सकियो ।

यो बराबरीपछि फाइदा भने शीर्ष स्थानको आर्सनललाई पुगेको छ । शीर्ष स्थानको आर्सनलको पनि ६४ अंक छ ।

यस्तै समान अंकसँगै लिभरपुल दोस्रो स्थानमा छ । सिटी ६३ अंक सहित तेस्रो स्थानमा छ ।

Categorized in स्पाेर्ट्स
SKIP THIS buddhan jayanti 2082