arin enterprises

दिल्लीमा लकडाउन एक हप्ता थपियो

SamacharDesk – बिराज | २०७८ जेठ २, आइतबार

भारतको दिल्लीमा लकडाउनको अवधि एक हफ्ता बढाइएको छ ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले कोरोना संक्रमणको चेन तोड्नका लागि भन्दै १७ मे को दिन सकिन लागेका लकडाउन एक हप्ता बढाउन निर्देशन दिएको भारतीय संचारमाध्यमले जनाएका छन् ।

आउँदो सोमबार विहान ६ बजेसम्मका लागि लकडाउन थपिन लागेको हो ।

दिल्लीमा लकडाउनको राम्रो असर देखिरहेको दावी केजरीवालले गरेका छन् ।

‘२६ अप्रिल पछि नयाँ संक्रमणमा कमी देखिएको छ र गएको २–४ दिनमा संक्रमणको दर पनि घटेको देखिएको छ’ केजरीवालले भनेका छन् ।

स्वास्थ्य पूर्वाधार र संसाधनलाई मजबुद बनाउन लकडाउनको सदुपयोग गरिएको केजरीवालको दावी छ ।

गएको २४ घण्टामा दिल्लीमा साढे ५ हजार जनामा कोभिड संक्रमण पुष्टि भएको र संक्रमणको दर पनि शनिबारबाट एक प्रतिशत घटेर १० प्रतिशतमा आएको भारतीय संचारमाध्यमले जनाएका छन् ।

यसैबीच, मुख्यमन्त्री केजरीवाले भ्याक्सिनको कमी भएकोमा ध्यानाकर्षण गराउँदै केन्द्र सरकारलाई पत्र पनि लेखेका छन् ।

Categorized in अन्तर्राष्ट्रिय